१५ चैत्र २०८० बिहीबार
राजनीति

चुनावमा गएर संविधान स्वीकार्यो भन्नु भ्रम मात्र हो : यादव

फिदिममा पत्रकारसँग कुरा गर्दै उपेन्द्र यादव । तस्बिर : गिरिराज बाँस्कोटा

पाँचथर – संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले स्थानिय तहको चुनावमा गएर संविधान स्वीकार्यो भन्नु भ्रम मात्र रहेका बताएका छन्।

संसदमा पेश भएको संसोधन विधयकको प्रक्रिया अघि बढाउन सरकारले ढिलाई गरेको बताउँदै संशोधन नभए यो संविधानले मुलुकलाई धान्न नसक्ने बताए हुन । पार्टी प्रशिक्षणको क्रममा फिदिम आहिपुगेका यादवले पत्रकारहरूसँग कुरा गर्दै संविधान संसोधनको प्रक्रिया अघि बढाउन सरकारले चासो नदेखाएको आरोप समेत लगाए।

स्थानीय तहको चुनावमा प्रदेश नम्बर २ लाई छुट्याउने काम भएको उनको आरोप थियो । सरकारले विभेद गरेको आरोप लगाए। संविधान संसोधनको कुनै विकल्प नभएको उनको भनाई थियो। संविधान संसोधन मार्फत विविधतालाई सम्बोधन गरीएन भने मुलुकले धान्न नसक्ने चेतावनी समेत दिए। 

संविधान संशोधन पूर्ण नभएपनि बाटो खुल्ने उनको भनाई थियो। रापजपा अप्रत्यक्ष रुपमा चुनावनमा सहभागी भइसकेको उनको भनाई थियो। कतै स्वतन्त्र उम्मेद्वार बनाउने, कतै काँग्रेस–एमालेलाई सहयोग गर्ने कामले पनि चुनावमा गएको पुष्टि भएको यादवको दाबी थियो।

प्रकाशित: २३ श्रावण २०७४ ०९:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App