८ वैशाख २०८१ शनिबार
राजनीति

राप्रपा नेपालद्वारा ६ सांसदसहित १७ केन्द्रीय सदस्य निस्कासित

काठमाडौं—पार्टी फुटाउने कार्यमा संलग्न १७ जनालाई राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरेको छ। अनुशासनहीन कार्यमा संलग्न रहेको ठहर गर्दै राप्रपा केन्द्रीय समिति बैठकले उनीहरुलाई कारवाही गरेको पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठले बताए।

कारवाहीमा पर्नेहरुमा सांसदहरु दिपक बहोरा, सुनील थापा, रेशम लामा, विराज विष्ट, राज्यलक्ष्मी श्रेष्ठ, र बबिना लावती मोक्तान छन्। कारवाहीमा परेकाह पशुपति शम्शेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकमा गइसकेकाहरु हुन्। पार्टी बैठकले एक ढिक्का भएर बृहत्तर हित र पार्टी एकताको पक्षमा उभिन आह्वान गरेको छ।

पशुपतिसम्शेर राणा नेतृत्वको राप्रपासँग कमल थापा नेतृत्वको राप्रपा नेपाल गत मंसिरमा एकीकृत भएको थियो। अध्यक्ष कमल थापाले पार्टीलाई निरंकुश ढंगले सञ्चालन गरेको भन्दै राणा समूह रुष्ट रहँदै अाएको थियो। देउवा सरकारमा जाने नजाने भन्ने विषयमा मतभेद चलिरहँदा अाइतबार राणाले पार्टी फुटाएका थिए।

सहप्रवक्ता मोहन श्रेष्ठले ट्विट गर्दै कारवाहीमा परेकाहरुको सार्वजनिक गरेको सूचि यस प्रकार रहेको छः

सांसद एवं केन्द्रीय सदस्य

दिपक बोहरा 
सुनील थापा 
रेशम लामा 
बिराज बिष्ट 
राज्य लक्ष्मी श्रेष्ठ 
बबिना मोक्तान लावती

केन्द्रीय सदस्यहरु 
प्रवीण चाम्लिङ 
हरिबहादुर बस्नेत
रामकृष्ण भट्टराई,
पदमबहादुर बस्नेत
नवराज सुवेदी

बिष्णु विक्रम थापा
गिरिधारी परियार
दिपक कुमार राई
विन्दु पहाडी 
प्रदिप उदय
किरण गिरी

प्रकाशित: २३ श्रावण २०७४ ०८:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App