coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राप्रपा फुट्यो, नयाँ पार्टी दर्ता गर्न पशुपति शमशेर निर्वाचन आयोगमा

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विभाजन भएको छ। पशुपति शमशेर राणा केही नेता र सांसद सहित पार्टीबाट अलग्गिएका हुन्। राणाले नयाँ दल दर्ताको लागि निर्वचन आयोगमा निवेदन समेत दिएका छन्। नयाँ पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक राख्ने गरी उनले आयोगमा निवेदन दिएका छन्। २२ सांसदसहित नयाँ पार्टी दर्ता गर्न राणाले निर्वाचन आयोगमा प्रक्रिया सुरु गरेका छन्।  राणासँग उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री सुनिल थापालगायत नेता छन्।  

राप्रपा र राप्रपा नेपालबीच गत मंसिरमा पार्टी एकता भएको थियो। शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने विषयमा कमल थापा र राणाबीच मतभेद रहँदै गर्दा पार्टी विभाजन भएको हो।

प्रकाशित: २२ श्रावण २०७४ १२:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App