४ वैशाख २०८१ मंगलबार
राजनीति

कारवाहीको सिफारिसमा परेका डिएसपी दासलाई एसपीको फुली

काठमाडौँ – बढुवा प्रकृयालाई प्रभावित नगरी निलम्बनको प्रकृया स्थगित गर्न सर्वोच्च अदालतबाट आएको आदेशका कारण डिएसपी सञ्जिव दास शर्मा एसपीमा बढुवा हुने भएका छन् ।

मध्यक्षेत्रीय प्रहरी कार्यालयले रामेछापमा बलत्कारपछि हत्या भएको १४ वर्षीया किशोरी सुन्तली तामागंको हत्या घटनाको अनुसन्धानमा लापरवाही गरेको र बलत्कार घटनाको प्रमाण नष्ट गरेकोमा उनलाई दोषी देखाउँदै कारवाहीको सिफारिस भए पनि उनी बढुवाको सिफारिसमा परेका थिए । 

२०६८ माघमा तामाङको हत्या भएको थियो । अनुसन्धानमा उनको बलत्कारपछि हत्या भएको खुले पनि अभियुक्त फरार थिए । तत्कालिन अनुसन्धानमै दासले अनुसन्धानमा गडबडी गर्दा अभियुक्त श्याम राउत फरार भएको खुलेपछि उनीमाथी विभागिय कारवाही भएको थियो ।

दास ६ वर्षपछि पक्राउ परेपछि मध्यक्षेत्रीय प्रहरीले पुनः अनुसन्धान गर्दा बलत्कारको घटनासँग सम्बन्धित प्रमाण संकलन नै नगरेको देखिएपछि दास सहित १२ जनालाई विभागिय कारवाहीको सिफारिस गरेको थियो । 

कारवाही गर्नुपर्ने प्रहरी अधिकृतलाई बढुवा गरेर सम्मानित गरेको भन्दै आलोचना भएपछि गृहमन्त्री जनार्दशन शर्माले बढुवा प्रकृयाबाट हटाएर निलम्बन गर्न निर्देशन दिएका थिए । 

गृहको निर्देशनको विरुद्धमा उनी साउन ९ गते सर्वोच्चमा रिट बोकेर गएका थिए । उनको रिटमा १२ गते कारण देखाउ आदेश जारी भएको थियो । गृहले कारणमा अनुसन्धानमा लापरवाही देखाएको थियो ।

१७ गते पुनः सुनुवाई गर्दै सर्वोच्चले उनको निलम्बनको प्रकृया स्थगित गर्न र बढुवा प्रकृयामा प्रभाव नपार्न आदेश दिएपछि उनको बढुवाको बाटो खुलेको हो।

स्रोतका अनुसार शुक्रबार बढुवा सिफारिसमा परेका डिएसपी, एसपी र एसएसपीको बढुवाको निर्णय हुँदै छ । अदालतको आदेशका आधारमा शर्माले समेत शुक्रबार एसपीको दज्र्यानी चिन्ह पाउने निश्चित भएको स्रोतले बतायो।

यसैगरी विहीबार मन्त्रिपरिषद्को कार्यालयले बढुवा सिफारिसमा परेका ११ जना डिआइजीलाई एआइजी बनाउने निर्णय गरेको छ । बढुवा सिफारिस समितिको सिफारिस अनुसार ११ जनालाई बढुवा गर्ने निर्णय गरेको हो ।

प्रकाशित: १९ श्रावण २०७४ १३:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App