१५ चैत्र २०८० बिहीबार
राजनीति

राप्रपा देउवा सरकारमा सहभागी नहुने

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा नजाने निर्णय गरेको छ। पार्टीको शुक्रबार बसेको पदाधिकारी बैठकले देउवा सरकारमा नजाने निर्णय गरेको हो। प्रधानमन्त्रीले बुधबार गरेको सरकार विस्तारमा राप्रपालाई सहभागी नगराएपछि राप्रपा प्रधानमन्त्रीसँग रुष्ट भएको छ। बुधवार नै राप्रपाले सरकारमा जान गठन गरेको वार्ता समिति भङ्ग गरेको जनाएको थियो।

राप्रपा प्रवक्ता भुवन पाठकले वर्तमान सरकारमा जानुको औचित्य समाप्त भएको निर्णय बुधबार बसेको पार्टी पदाधिकारी बैठकले गरेको बताए। 'अब राप्रपा सरकरमा जानुको औचित्य समाप्त भएको छ,' उनले भने। पार्टी सरकारमा नगए पनि सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारेमा पार्टीले कुनै निर्णय नगरेको पनि उनले जनाए। संविधान संशोधनका बारेमा पनि पार्टीको धारणा यथावत् रहेको पनि उनले बताए।

यसैगरी पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठले पदाधिकारी बैठकले दुई नम्बर प्रदेशबाहेक अरू ६ वटै प्रदेशको भेला आगामी भदौ मसान्तसम्म गर्ने निर्णय भएको बताए।

प्रकाशित: १४ श्रावण २०७४ ०२:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App