१५ चैत्र २०८० बिहीबार
राजनीति

माओवादीबाट को को हुँदैछन् मन्त्री?

काठमाडौं—सत्ता साझेदार माओवादी केन्द्रले मन्त्रीहरुको सूचिलाई अन्तिम रुप दिएको छ। ६ जना मन्त्री र ३ राज्यमन्त्रीको नाम माओवादीले तय गरेको हो। मन्त्री र राज्यमन्त्री गरी ९ जना थपिँदा सरकारमा माओवादीका १२ जना मन्त्री पुग्नेछन्।

प्रधानमन्त्री देउवाले पहिलो पटक मन्त्रिमण्डल गठन गर्दा माओवादीका तीन मन्त्री भएका छन्।

माओवादीबाट थपिन लागेका मन्त्रीहरुमा गिरिराजमणि पोखरेल, महेन्द्रबहादुर शाही, टेकबहादुर बस्नेत मन्त्री बन्दैछन्। शिवकुमार मण्डल, आशा खनाल कोइराला, सन्तकुमार चौधरी पनि बन्दैछन्।

जाकिर हुसेन, रामसिंह यादव र शम्भु श्रेष्ठलाई माओवादीले राज्यमन्त्रीको रुपमा सरकारमा पठाउने तयारी भएको छ।

यसअघि कृष्णबहादुर महरा उपप्रधानसहित परराष्ट्र, जनार्दन शर्मा गृह र प्रभु शाह सहरी विकासमन्त्री छन्।

 

प्रकाशित: ११ श्रावण २०७४ ०६:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App