coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

बजेट सक्न महंगाे होटलमा रात्रीभोज

बुधबारको रात्रीकालिन भोजमा सरिक हुन पुगेका सहभागीहरु । तस्बिर ः शंकर श्रेष्ठ

धादिङ – वर्षभरी भएका कार्यक्रमहरुको अनुगमनमा धादिङको धार्के पुगेका सरकारी अनुगमन टोली रात्रीभोज गर्न बुधबार साँझ चितवन पुगे । सदरमुकाम धादिङबेसीबाट करिब १२ बजे निस्किएका अनुगमन टोली धार्केसम्म पुगेर पनि साँझ ७ बजे चितवनको सिदार्थ होटलमा पुगेका हुन् । 

तीनवटा फरक फरक कार्यालयको अनुगमन भएपनि तीनवटै कार्यलयको एउटै बजेट बनाएर संयुक्त अनुगमन पश्चात रात्रीकालिन जाँडपार्टी गर्न चितवनको इच्छाकामना गाउँपालिका स्थित कुरिन्टार पुगेका हुन् । रात्रीकालिन कार्यक्रम व्यवस्थापनको जिम्मा पाएका कोष तथा लेखा नियन्त्रणको कार्यालयका प्रमुख यज्ञ ढकालले भने ‘वर्षको अन्तिम हो, सबै प्रमुखहरु रमाइलो गर्नी, मुड फ्रेस गराउने हिसावले आएका हौं ।’

धादिङ जिल्लामा भएका प्राथ सबै कार्यालय प्रमुखहरु कार्यक्रममा सहभागी थिए ।  दिउँसोको अनुगमनमा सहभागी नभएका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, सुरक्षा निकायका सबै प्रमुखहरु पनि रात्रीकालिन भोजमा भने सहभागी थिए । 

आर्थिक वर्षका अन्त्यमा पूर्वनिर्धारित कार्यक्रमको बजेट सक्न महंगा होटलमा रात्रीकालिन कार्यक्रम गर्न पुगेका हुन् । कार्यक्रम आयोजना गरिएको सिदार्थ होटलमा खाना र बासको मात्रै थोरैमा प्रतिव्यक्ति ४ हजार ५ सय पर्छ । रात्रीभोजमा सवारी चालक बाहेक  ४० जना बढी सहभागी थिए ।

दुई दिने अनुगमनका लागि जिल्ला कृषि विकास कार्यलयको ५० हजार, पशुसेवा कार्यलयको ५० हजार र महिला तथा बालबालिका कार्यलयको ६० हजार बजेट थियो । त्यही बजेटबाट कटाएर मध्यपान सहितको रात्री भोज गरिएको श्रोतले बतायो । श्रोतका अनुसार रात्रीभोजमा भएको खर्च मध्ये भत्ताबाट नपुग रकम भने सम्वन्धित कार्यालय प्रमुखहरुले व्यहोरेको बताइएको छ ।

तर वित्तिय सुशासन कायम गर्नुपर्ने प्रमुख कोष नियन्त्रक ढकालकै नेतृत्वमा अनुगमन भत्ता कटाएर भोजको आयोजना गरिएकोप्रति मधिरापान नगर्नेहरु भने असन्तुष्ट देखिएका छन् । एक जनाको दुई हजारको दरले भत्तामा सही गरायो, दुई दिनको चार हजारमा सहित गरेर आयौं’ एक सहभागीले भने । 

प्रमुख कोष नियन्त्रक ढकालले भने सबैजनाको सहमतिमा भोज आयोजना गरिएका बताएका छन् । उनले भने, ‘अनुगमनमा जानेहरुलाइ भत्ताको ब्यवस्था गरिएको रहेछ, त्यही भत्ताको रकमबाट रात्रीभोज गरिएको हो ।’ ‘धादिङमा गतिलो बस्ने ठाउँ छैन, त्यही भएर चितवनसम्म पुगियो’ ढकालले भने । भोजमा छुट्टै सरकारी कोषको रकम खर्च नभएको उनले बताए ।

कार्यक्रममा कति खर्च भयो भनेर यकिन खर्च विवरण भने सम्वन्धित सरकारी कार्यलयहरुले दिएनन् । 

प्राजयसो जिल्लाका कार्यक्रममा कहिल्यै देखा नपर्ने कार्यलयका प्रमुखहरुपनि चितवनको रात्रीभोजमा भने देखिएका थिए । हतार हतारमा गरिएको अनुगमनका कारण सवै संचालित योजनाहरुको अनुगमन गर्न नभ्याइएको अनुगमन टोलीमै सहभागी जिल्ला पशुसेवा कार्यलयका कार्यलय प्रमुख देवेन्द्र भगतले बताए । उनले भने, ‘नलाङको गाइ फार्म र केवलपुरको बाख्रा फार्म हेरियो, समय अभावले कार्यलयले संचालन गरेका सवै योजनाहरु हेर्न भ्याइएन ।’ 

सरकारी अधिकृत नै समय अभावका कारण सवै योजनाहरुको अनुगमन गर्न नभ्याएको बताइरहँदा अनुगमन कार्यक्रम भने २ दिनको थियो । तर धादिङबेसीबाट निस्किएदेखि नै ठाउँठाउँमा रोक्दै सहभागीलाई माइन्युटमा सही गराउँदै बुधबार साँझ चितवन पुगेका टोली विहीबार बिहान धादिङ फर्किए ।

फरक फरक कार्यलयको फरक फरक कार्यक्रम अनुगमन गर्नुपर्ने भएपनि महिला तथा बालबालिका कार्यलयको लैङ्गिक बालअधिकार मुलप्रवाहीकरण जिल्ला समन्वय समितिको संयुक्त अनुगमन, जिल्ला कृषि विकास कार्यलय र जिल्ला पशुसेवा कार्यलय धादिङले वर्ष  भरी संचालन गरेका योजनाहरुको अनुगमन कार्यक्रम एकै समयमा गरिएको हो । अनुगमनमा जाने व्यक्तिहरू एउटै हुने र फरक फरक समयमा अनुगमन गर्न जाँन नभ्याइने भएकाले तीनवटै कार्यलयको संयुक्त अनुगमन राखिएको महिला बालबालिका कार्यलय, कृषि र पशु कार्यलयले जनाएको छ । 

कार्यक्रममा सहभागी हुन सवै सरकारी कार्यलयका प्रमुखहरुले कार्यलयकै गाडी लिएर होटल पुगेपनि सवारी चालकलाई होटलमा बस्ने व्यवस्था नभएपछि बाहिरै बसेका थिए । अनुगमन टोलीले रिर्जभ गरेका बाहेक सेता प्लेटका सरकारी गाडी मात्रै १ दर्जनको हाराहारीमा होटलमा पार्किङ गरिएका थिए ।

 

प्रकाशित: २९ असार २०७४ ११:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App