१६ चैत्र २०८० शुक्रबार
राजनीति

झापाको मेचीनगरमा कांग्रेसका विमल आचार्य विजयी

झापा- एमालेको बलियो किल्ला मानिने झापाको मेचीनगरमा प्रमुख पद जितेर कङ्ग्रेसले महत्त्वपूर्ण सफलता हात पारेको छ। कङ्ग्रेस उम्मेदवार विमल आचार्य २० हजार ७ सय ७६ मत प्राप्त गर्दै विजयी भएका छ्न्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बिष्णु प्रसाईंले १९ हजार ४ सय २२ मत प्राप्त गरेका छ्न्।

उपप्रमुख पदमा भने एमालेकी मिना उप्रेती विजेता बनेकी छन्। उनले १९ हजार ९ सय ९४ मत प्राप्त गरिन्। उनकी निकटतम प्रतिद्वन्द्वी काङ्रेसकि दुर्गा खतिवडाले १९ हजार ७७ मत प्राप्त गरेकी छन्।

१५ वटा वडा रहेको नगरमा ७ मा एमाले, ७ मा काङ्ग्रेस र एउटा वडामा माओवादी केन्द्र विजयी भएको छ।

झापा क्षेत्र नम्बर १ र २ मा पर्ने मेचीनगर एमाले साम्सद रविन कोइरालाको गृहनगर पनि हो। काङ्ग्रेस नेता विश्वप्रकाश शर्माको पनि गृहनगर मेचीमा उनकै नेतृत्वमा काङ्ग्रेस विजयी बनेको हो।  

प्रकाशित: २४ असार २०७४ ०२:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App