७ वैशाख २०८१ शुक्रबार
राजनीति

डोटीको आदर्श गाउँपालिकामा एमाले बिजयी

डोटीको आदर्श गाउँपालिकामा नेकपा एमालेका उम्मेदबार बिजयी भएका छन्। आदर्श गाउँपालिका अध्यक्षका उम्मेदबार टेक बहादुर रोकाया ३ हजार  ५ सय ३५ मत ल्याएर बिजयी भए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका लक्ष्मण सिँहले २ हजार सात सय ६ मत प्राप्त गरे।

यस्तै उपाध्यक्षमा पनि एमालेकै उम्मेदबार कमला ओझा बिजयी भईन्। उनले तीन हजार पाँच सय ३७ मत प्राप्त गरिन्। नेपाली कांग्रेसकी कृष्णा ओझाले २ हजार ६ सय ४२ मत मात्रै प्राप्त गरिन्।

वडाहरुमा वडा नम्बर ४मा कांग्रेसको प्यानल निर्वाचित भयो। बाकी अन्य ६ वडाहरु एमालेले नै जितेको छ।

प्रकाशित: १८ असार २०७४ ०२:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App