८ वैशाख २०८१ शनिबार
राजनीति

डोटीको बडिकेदार गाउँपालिकामा कांग्रेसको जीत

डोटी- डोटीको बडिकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष सहित अधिकांश पदहरुमा नेपाली कांग्रेसले कब्जा जमाएको छ । अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदबार कृष्ण बहादुर चन्दले दुई हजार तीन सय २१ मत प्राप्त गरी बिजयी हासिल गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भक्त बहादुर साउँदले दुई हजार आठ मत प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै ईन्द्रादेबी भाट बोहराले दुई हजार दुइ सय २५ मत ल्याई जीत हात पारिन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी भुबन बम मल्लले दुई हजार २८ मत प्राप्त गरिन् ।

अन्तिम नतिजामा नेपाली कांग्रेसले गाउँपालिकाका ५ वडा मध्ये ३ वडामा प्यानलै जितेको छ । जसमा वडा नम्बर १ मा डम्बर बोहरा, ४ मा बिरेन्द्र कोटकेनी र ५ मा बुद्धीसागर बिनाडीको प्यानलले जीत निकालेको छ ।

यस्तै नेकपा एमाललेका राम बहादुर नाम्जालीको प्यानलले वडा नम्बर २ मा र लिलाधर सापकोटाको प्यानलले वडा नम्बर ३ मा कब्जा जमाएको छ ।

यसअघि सम्पन्न मतगणनामा केआईसिँह गाउँपालिकामा नेपाली कांग्रेसका लोकेन्द्र बहादुर शाहीको सिंगो प्यानलले जीत निकालेको थियो भने, बोगटान गाउँपालिकामा नेकपा माओबादी केन्द्रका कमल बहादुर गडसिलाले अध्यक्ष र नेकपा एमालेका भगवती बमले उपाध्यक्षमा जीत निकालेका छन् ।

९ स्थानीय तह रहेको डोटीमा ३ तहको अन्तिम परिणा आउदा ६ तहमा मतगणना जारी छ। जस अनुसार नेपाली कांग्रेस ४ तहमा अग्रता लिईरहेको छ भने, नेकपा एमाले दुई तहमा अगाडी छ।

 

प्रकाशित: १६ असार २०७४ १६:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App