२५ असार २०७७ बिहीबार
राजनीति

'हामीमा रिभल्युस्नरी रोमान्सको उत्सुकता थियो'

उजिर मगरको पुस्तक 'अंश'मा हस्ताक्षर गर्दै माओवादी अध्यक्ष दाहाल।

काठमाडौं– तत्कालीन नेकपा माओवादीले ‘जनयुद्ध’ को सुरुवात २०५२ फागुन १ गते गर्‍यो। त्यस पछि देशमा १० वर्ष सशस्त्र संघर्ष चल्यो। जनयुद्धका कमाण्डर तथा नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धबारे नयाँ खुलासा गरेका छन्।

दाहालले आफुहरुले २०४४ सालमै जनयुद्ध सुरु गर्न चाहेको बताएका छन्। पत्रकार उजिर मगरद्वारा लिखित पुस्तक ‘अंश’ पुस्तकको विमोचन समारोहमा बोल्दै उनले भने, ‘हामी २०४४ सालमै जनयुद्ध गर्न चाहन्थ्यौ तर परिस्थितिले ८ वर्ष पछि धकेलिदियो।’

त्यो एउटा रिभुलुस्नरी रोमान्सको उत्सुकता थियो जस्तो लाग्छ’, दाहालले भने, ‘प्रचण्ड या बाबुरामले चाहँदैमा जनयुद्ध हुँदैनथ्यो त्यसैले त्यो बेला भएन।’

‘त्यो एउटा रिभुलुस्नरी रोमान्सको उत्सुकता थियो जस्तो लाग्छ’, दाहालले भने, ‘प्रचण्ड या बाबुरामले चाहँदैमा जनयुद्ध हुँदैनथ्यो त्यसैले त्यो बेला भएन।’

उक्त समयमा जनयुद्ध गर्नकै लागि भनेर गोरखाको सिरानचोकमा पहिलो सैन्य तालिम समेत गरेको उनले बताए। ‘तर पस्थिति चेन्ज भयो, जनयुद्धको मिति धकेलियो’, दाहालले भने ।

त्यो समयमा जनयुद्ध सुरु गर्न नसक्नुको मुख्य कारण २०४६ सालको जनआन्दोलनको माहोल बन्दै जानु भएको दाहालको बुझाई छ । ‘सुरु गर्नेै तयारी गर्दागर्दै ०४६ को आन्दोलनको वातावरण बन्यो’, उनले भने, ‘त्यसपछि मैले जनयुद्ध रोकें ।’

त्यति बेला जनयुद्ध सुरु गरेको भए २÷४ वटा सुरक्षा क्याम्प आक्रमण गर्न सकिने भए तापनि सन्देश गलत जाने दाहालको बुझाइ रहेछ। त्यही विद्रोहलाई देखाएर राजाले थप ‘कु’ गर्ने र प्रजातन्त्रवादी शक्तिलाई दबाउने सम्भावनाकै कारण पहिलो तयारी रोकिएको उनले बताए। उक्त समयमा २ वटा बन्दुक, १ नाल पेस्तोल र केही विष्फोटक पदार्थ जम्मा पारिसकेको समेत दाहालले बताए ।

नोकरसँग हैन मालिकसँग बार्ता

जनयुद्ध सुरु गर्नु र शान्ति प्रक्रियामा आउनुको अन्तर्राष्ट्रिय आयाम भएको दाहालले बताए। जनयुद्ध कसैको व्याक्तिगत कारणबाट नभई तत्कालिन सामाजिक, आर्थिक, राजनीतिक र मनोवैज्ञानिक पस्थितिको उपज भएको दाहालको दावी छ।

शान्ति प्रक्रियामा आउनुको पछाडि अन्तर्राष्ट्रिय कारण समेत रहेको उनले बताए। ‘ट्विन टावरमा हमला भएपछि विश्वभरका न्यायपूर्ण आन्दोलनमाथि साम्राज्यवादीले दमन थाले त्यसको बाछिटा यो वा त्यो रुपमा यहाँ नदेखिने कारण भएन,’ उनले भने, ‘दल र राजाबीच पनि तालमेल थिएन त्यही परिस्थितिमा शान्ति प्रक्रिया सुरु भयो।’

सिलगुडी बैठक पनि शान्ति प्रक्रिया सुरुवातकै लागि भएको उनले बताए। ‘तर त्यो बैठक असफल भयो दलहरुले पहल कदमि लिन सकेनन् ’, दाहालले भने, ‘उक्त बैठकमा मैले संविधानसभाको प्रस्ताव राखेको थिएँ तर दलहरुको राजालाई मनाउने आँट देखिएन, बैठक असफल भयो।’ सिलगुडी बैठकमा कांग्रेस सहभागी थिएन। त्यही बैठकपछि नै आफुहरुले नोकरसँग हैन सिधै मालिकसँग वार्ता गर्ने विज्ञप्ती दिएको बताए।

राजा वीरेन्द्रसँगको कुराकानी
वार्ताको लागि राजा वीरेन्द्रसँग कुराकानी त्यतिबेलै थालिको दाहालले बताए। ‘हाम्रा एक केन्द्रीय सदस्यले दरबारसँग कुरा गरिरहेका थिए’, दाहालले भने, ‘कुरा भैरहेकै बेला दरवार हत्याकाण भयो।’ राजा वीरेन्द्रका कान्छा भाइ धिरेन्द्रमार्फत् दरवारसँग कुरा भैरहेकै परिस्थितिमा दरवार हत्याकाण्ड घटेको उनले बताए। दरवार हत्याकाण्डपछि आफू र बाबुराम भट्टराई बसेर लेख तयार पारेर पत्रिकामा दिएको उनले उनले बताए। त्यो लेखले धेरै  हलचल ल्याएको उनको भनाइ छ।

त्यसपछि ज्ञानेन्द्रसँग कुरा भए तापनि असली राजा र नाटकीय ढंगबाट भएका राजाको सोच्ने तरिका नै फरक पर्ने भन्दै उनले राजकुमार दिक्तपालको कथाको उदाहरण दिए। ज्ञानेन्द्रलाई नक्कली राजकुमारसँग तुलना गर्दै उनले राजाको रुपमा मौका छोप्न नसकेको उल्लेख गरे।  

१२ बुँदेको आधारभूमि रोल्पा
शान्ति प्रक्रिया र लोकतान्त्रिक गणतन्त्रको प्रस्थान विन्दु १२ बुदे समझदारी भएको बताउँदै त्यसको आधार भूमि रोल्पा भएको प्रष्ट पारे। ‘रोल्पामा एमाले नेता बामदेव गौतम र युवराज ज्ञवालीसँग भेट भयो धेरै लामो कुराकानी भयो’, दाहालले भने, ‘त्यहाँ एउटा सहमतिको प्रारम्भीक ड्रफ्ट भयो त्यसले १२ बुँदेको आधारभुमि तयार पा¥यो ।’ १२ बुँदे दिल्लीमा भए पनि त्यो मौलिकतामा भएको उनले प्रष्ट्याए ।

प्रकाशित: ६ असार २०७४ १७:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App