१५ चैत्र २०८० बिहीबार
राजनीति

गृहमन्त्रीको प्रश्न: सडक बत्ति बाल्न नसक्ने हो भने के सरकार चलाउने ?

काठमाडौं– गृहमन्त्री जनार्दन शर्माले ट्राफिक ब्यवस्थापन चुस्त बनाउन काठमाडौं उपत्यकाका करिब दुई सय स्थानमा यातायात संकेत बत्ति राख्न दिर्नेशन दिएका छन्। शुक्रवार ट्राफिक ब्यवस्थापनसँग सम्वन्धीत सरकारी निकायहरुसँग छलफल गर्दै गृहमन्त्री शर्माले छोटो बिधीबाट उपत्यकामा यातायात संकेत बत्ति राख्न निर्देशन दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

ट्राफिक संकेत बत्ति तथा सड्क बत्ति बाल्न पनि एडिबीको मुख ताक्न नहुने उल्लेख गर्दै उनले भने, ‘एडिबीले सात बर्ष लगाउँछ, हामी आफैंले सडकमा बत्ति बाल्न नसक्ने हो भने के सरकार चलाउने ?’

सड्क विभाग, यातायात ब्यवस्थापन विभाग, ट्राफिक प्रहरी महाशाखा, काठमाडौं उपत्यका खानेपानी लिमीटेड, नेपाल टेलिकम, विद्युत्त प्राधिकरण, काठमाडौं महानगरपालिका, लगायतका सरकारी निकायका प्रमुखहरुलाई मन्त्रि शर्माले तीन दिनभित्र ट्राफिक ब्यवस्थापनको योजना पेश गर्न निर्देशन दिएका छन्।

ट्राफिक संकेत बत्ति तथा सड्क बत्ति बाल्न पनि एडिबीको मुख ताक्न नहुने उल्लेख गर्दै उनले भने, ‘एडिबीले सात बर्ष लगाउँछ, हामी आफैंले सडकमा बत्ति बाल्न नसक्ने हो भने के सरकार चलाउने ?’

‘कलंकीको जस्तो आकाशे पुल नबनाउनुस ठेकेदारलाई मात्र फाईदा हुन्छ, अब काम थाल्नुस छोटो बिधीबाट बन्ने आकाशे पुलहरु टेण्डर गरिहाल्नुस्, के दुई–चारओटा पुल बनाउने पैसा पनि छैन सड्क विभाग सँग ?’ मन्त्रि शर्माले प्रश्न गर्दै भने, ‘पैसोको ब्यवस्थापन म गरिदीन्छु।’

यातायात ब्यवस्था विभागका महानिर्देशक गोपाल सिग्देललाई मन्त्रि शर्माले उपत्यकाका ८ सय स्थानका जेब्रा क्रसिङको रेखाङ्कन कम्तिमा १५ दिनभित्र सिध्याउन निर्देशन दिएको सचिवालयले जनाएको छ।

उपत्यकाको अस्तब्यस्त ट्राफिक ब्यवस्थापन सुधार्न पहिले ठुला बस हालेर सानालाई बिस्थापन गर्दै लानुपर्ने उल्लेख गर्दै मन्त्रि शर्माले भने, ‘सड्कसँगै जोडिएका पेट्रोलपम्प विस्थापनका लागी सूचना दिऔं, सार्क सम्मेलन हुँदा निलो जस्ताले बेरेर फोहोर छेक्ने प्रवृत्तिको अन्त्य गर्न हामी लागौं।’

सरोकारवाला निकायहरुको छलफलका क्रममा मन्त्रि शर्माले काठमाडौं महानगरपालिकाका कार्यकारी निर्देशक ईश्वर पौडेलको संयोजकत्वमा कमिटी बनाएर उपत्यकाको ट्राफिक ब्यवस्थापनमा लाग्न निर्देशन दिएका छन्।

 

प्रकाशित: २ असार २०७४ १४:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App