coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानन्यायाधीशमा ६ जनाको नाम सिफारिस

काठमाडौं- प्रधानन्यायाधीश सुशीला कार्कीको अवकास पछि रिक्त रहेको पदमा न्यायापरिषद् सचिवालय वैठकले ६ जना न्यायाधीशको नाम संवैधानिक परिषदमा सिफारिस गरेको छ।

परिषद्को मंगलबार बसेको वैठकले सर्वोच्च अदालतमा कार्यरत बरिष्ठताको आधारमा रहेका न्यायाधीशहरुको नाम सिफारिस गरेको हो।

कामु प्रधानन्यायधीश गोपाल पराजुलीको नाम पहिलो नम्बरमा राख्दै न्यायाधीशहरू दीपकराज जोशी, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्र शम्सेर जबरा, जगदीश शर्मा पौडेललाई सिफारिस गरेको छ।

जन्म मिति विवाद रहेका कामु प्रन्या पराजुलीको २०१० वैशाख १६ कायम राखेर संवैधानिक परिषदमा जानकारी पठाएको परिषद प्रवक्ता निर्मला पौडेलले जनाएकी छिन्। संवैधानिक परिषदले पराजुलीको नाम सिफारिस गरेको खण्डमा अबको ११ महिना अर्थात २०७५ वैशाखसम्म प्रधानन्यायाधीश हुने बाटो खुलेको छ।

एकसाता अघि सेवा निवृत्त कार्कीले न्याय परिषदको वैठक बोलाउँदा सदस्यहरु उपस्थित नभएकाले एक्लैले जन्ममिति उल्लेख गरी न्यायाधीशहरुको नाम सिफारिस गरेकी थिइन् । कार्कीले परिषदले पठाएकै ६ जना न्यायाधीशहरुको नाम सिफारिस गरेकी थिइन । सो सिफारिस परिषदको वैठकले नियम विपरित भएको ठहर गर्दै पुनः संवैधानिक परिषदमा पठाउने निर्णय गरेको जनाएको छ। 

 

 

प्रकाशित: ३० जेष्ठ २०७४ १२:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App