१६ चैत्र २०८० शुक्रबार
राजनीति

काँग्रेसको आक्रमणबाट एमालेका ६ कार्यकर्ता घाइते, एकको अवस्था गम्भीर

जिल्ला अस्पतालमा उपचारार्थ घाईते। फोटो : कृष्ण ओली

बाजुरा—गौमुल गाउँपालिका–५ नख्राडामा नेपाली काँग्रेस कार्यकर्ताको आक्रमणमा परी ६ एमाले कार्यकर्ता घाइते भएका छन्। चुनाब प्रचारका क्रममा भएको झडपमा घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर छ। सोमबार राती १० बजेपछि घटना भएको थियो। घाइते हुनेमा २ महिला र ४ पुरुष छन्।

घाईते हुनेमा एमाले कार्यकर्ता पारस रोकाया, टंक रोकाया, सन्तोष रोकाया, सुभाष रोकाया, तथा शुभास रोकाया छन्। घाईतेमध्ये सन्तोष रोकायाको अवस्था गम्भीर छ।

रोकायालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ। खुकुरी प्रहारले टाउकामा गम्भीर चोट लागेकोले रिफर गरिएको उपचारमा संलग्न डाक्टर रोहीत गिरीले बताए।

रोकायालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ। खुकुरी प्रहारले टाउकामा गम्भीर चोट लागेकोले रिफर गरिएको उपचारमा संलग्न डाक्टर रोहीत गिरीले बताए।

घाइते सुशीला रोकाया र एक जना नाम नखुलेको महिलालाइ बोकेर मार्तडी ल्याउँदै गरिएको आफन्तले बताए। प्रहरीले भने तीन जना घाईते भएको जानकारी दिएको छ। एक जनालाई रिफर गरिएको र अरु दुई जनालाई ल्याउदै गरिएको प्रहरी नायव उपरीक्षक दलबहादुर बोगटीले बताए।
गौमुल गाउँपालिका–५ का काँग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवार धनबहादुर रोकायाको नेतृत्वमा गएको टोलीले एमाले कार्यकर्तामाथि आक्रमण गरेको गाउँपालिका अध्यक्षका उम्मेदवार हरि रोकायाले बताए।

दिउँसो स्थानीय प्रकाश रोकायाको हातको माइक खोसेर तोडफोड सहित कुटपीट गरेको र राती एमालेको तर्फका वडा अध्यक्षका उम्मेदवारको घर घेरेपछि विवाद भएको थियो। घर घरेको खबर पछि अवस्था बुझ्न गएका ७ जना एमाले कार्यकर्तालाई एकाएक आक्रमण गरिएको एमालेले दाबी गरेको छ।

५० बढीको संख्यामा रहेका काँग्रेस कार्यकर्ताले गणेश रोकायाको घर घरेका थिए। रोकायाले लगत्तै मानाकोट गाउँमा खबर गरी बचाउन आक्रम गरेलगत्तै मानाकोट गाउँबाट ७ जना कार्यकर्ता गएको र घर नजिक नपुग्दै आक्रमण भएको बुझिएको छ।

खुकुरी सहित काँग्रेसका तर्फबाट कृष्ण रोकाया, लोकेन्द्र रोकाया लगायतले आक्रमण गरेका हुन्। गौमुल गाउँपालिका काँग्रेस तर्फबाट अध्यक्षका उम्मेदवार देवबहादुर रोकायाले भने आपसी विवादलाई राजनीतिक रङ्ग दिन नहुने बताए। प्रचारमा एमाले कार्यकर्ताले आफूहरुलाई अवरोध गर्ने गरेको रोकायाको आरोप छ।

दुवै पक्षगरी ४८ जनाको नाममा उजुरी आएको प्रहरी नायव उपरीक्षक दलबहादुर बोगटीले बताए। प्रहरीले अनुसन्धान जारी छ। घटना स्थलमा प्रहरी टोली पठाइएको छ। गौमुलमा यस अघि पनि दुईवटा कुटपीटका घटना भइसकेका छन्। यस अघि एमाले कार्यकर्ताले काँग्रेसका कार्यकर्तालाई कुटपीट गरेका थिए। ५ नम्बर वडाकै सदस्यका उम्मेदवार बेलु कामीलाई उम्मेदवारी फिर्ता लिन दवाब दिएपछि एमाले कार्यकर्ताले आक्रमण गरेका थिए।

यस अघिका ती दुवै घटना आपसी समझदारीमा मिलिसकेका छन्। एमालेले आपराधिक गतिविधि काँग्रेसकै तर्फबाट भएकोले न्यायका लागि उजुरी दिएको बताएका छन्। घटनाको अगुवाई गर्ने धनबहादुर रोकायाले २०७० सालको निर्वाचनमा पनि एमाले कार्यकर्तामाथि आक्रमण गरि घाइते बनाएको आरोप एमालेको छ ।

त्यो बेला पनि पुनरावेदन अदालतसम्म मुद्दा चलेको थियो। पछिल्लो समय जिल्लामा झडपका घटनाहरु बढिरहेका छन्। रुगीनमा पनि काँग्रेस एमाले बीच झडप भएको प्रहरीले बताएको छ।

प्रकाशित: ३० जेष्ठ २०७४ ०९:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App