१६ चैत्र २०८० शुक्रबार
राजनीति

२८ जना मतदाता कालोसूचीमा

दाङ—विभिन्न क्षेत्र, राज्यबाट कसुरदार ठहरिएका जिल्लाका २८ जना मतदाता कालोसूचीमा परेको निर्वाचन आयोगको कार्यालय, दाङले जनाएको छ।

कालोसूचीमा परेकाले मतदान गर्न पाएपनि कुनैपनि सार्वजनिक पदधारणका लागि उम्मेदवारी दिन नपाउने जिल्ला प्रशासन कार्यालय, दाङका लेखा अधिकृत बालचन्द्र गौतमले जानकारी दिए।

कालोसूचीमा पर्नेमा तुलसीपुर उपमहानगरपालिकामा १५ जना, घोराही उपमहानगरपालिकामा आठजना बङ्गलाचुली गाउँपालिकामा दुईजना, राजपुर गाउँपालिकामा एकजना, शान्तिनगर गाउँपालिकामा एकजना र लमही नगरपालिकामा एकजना रहेका निर्वाचन कार्यालयले जनाएको छ। रासस

प्रकाशित: ३० जेष्ठ २०७४ ०५:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App