coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

‘भरतपुरमा माओवादीले मतपत्र च्यात्न लगायो’

भक्तपुर – नयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटाले दोश्रो चरणको निर्वाचन नगर्ने खेल सुरु भएको बताएका छन् । सरकार र राजपाले दोस्रो चरणको निर्वाचन नगर्ने खेल थालेको आरोप उनले लगाएका छन्। 

रफत सञ्चार क्लबले सोमबार यहाँं गरेको साक्षात्कारमा देवकोटाले सरकार दोस्रो चरणको निर्वाचन सार्न लागिपरेको बताए । त्यसलाई थप मलजल गर्दै राजपा समेत लागिपरेको उनको कथन छ । 

सरकार संविधान कार्यान्वयन भन्दा पनि सत्ता टिकाउने र आर्थिक लाभ लिने खेलमा लागेको अरोप उनको छ । उनले आर्थिक लाभको लागि सवै पार्टी उतिकै लाग्ने गरेको आरोप लगाए । 

आफूले नजित्ने अवस्था आएपछि भरतपुरमा आफ्नै आधिकारिक नेतृत्वबाट माओवादी केन्द्रले मतपत्र च्यात्न लगाएको उनको आरोप छ । नयाँ शक्ति नेपाल एक वर्ष नुपग्दै ७० वर्ष पुरानो पार्टीहरुसँगको प्रतिस्पर्धामा उत्रिंदा चौंथो स्थान हासिल गर्न पुगेको उनले जनाए । नेपाल विदेशीहरुको क्रिडास्थल बन्दै गएको भन्दै उनले एकथरी दक्षिण र अर्कोथरी उत्तरतर्फको पछि लाग्ने खेललाई बन्द गर्नुपर्ने खाँंचो उनले औंल्याए । 

प्रकाशित: २९ जेष्ठ २०७४ ०९:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App