१६ चैत्र २०८० शुक्रबार
राजनीति

चुनाव चिह्न अंकित टिसर्ट बाँड्न रोक

काठमाडौं- निर्वाचन आयोगले आचारसंहिताविपरीत चुनाव चिह्न अंकित टिसर्ट, झोलालगायत जिन्सी सामग्री नबाँड्न राजनीतिक दलहरूलाई निर्देशन दिएको छ।

आयोगको आचारसंहिता समितिको शुक्रबार बसेको बैठकले दलहरूलाई जिन्सी सामान वितरण नगर्न निर्देशन गरेको हो। पहिलो चरणको चुनावमा पनि दलहरूले आफ्नो चुनाव चिह्नसहितका टिसर्ट, झोला, टोपी बाँडेको देखिएको थियो। '

विभिन्न राजनीतिक दल तथा उम्मेदवारले चुनाव चिह्न अंकित टिसर्ट, टोपी, झोलालगायत जिन्सी सामान मतदातालाई वितरण गरेको बुझिन आएकाले आचारसंहिताविपरीतका काम रोक्न निर्देशन दिने निर्णय आचारसंहिता समितिको बैठकले  गरेको आयोगले जनाएको छ।

जिन्सी सामान वितरण नगर्न/नगराउन जानकारी गराउने र सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, आचारसंहिता अनुगमन समितिलाई त्यस्तो काम भए तत्काल रोक लगाउन निर्देशन दिइएको आयोगले जनाएको छ।

प्रकाशित: २८ जेष्ठ २०७४ ०२:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App