१६ चैत्र २०८० शुक्रबार
राजनीति

अब म फिल्डमा आएको छु, पार्टी पहिलो हुन्छ: दाहाल

सोलुखुम्बु- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको दोस्रो निर्वाचनमा आफ्नो पार्टी पहिलो हुने दावी गरेका छन्। शुत्रबार नेकपा माओवादी केन्द्र सोलुखुम्बुले सोताङमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री दाहालले सिंहदरबारको अधिकार गाउँ गाउँमा पुर्‍याउने भुमिका आफ्नो पार्टीले निर्वाह गरेको भन्दै जनताले मत जाहेर गरेर पहिलो पार्टी बनाउने दाबी गरे। ‘प्रधानमन्त्री हुँदा चुनाबको तयारी गर्न पाइएन, अब म फिल्डमा आएको छु, पार्टी एक नम्बर बनाइन्छ तपाइहरु ढुक्क हुनुस', दाहालले भने।

नेपाली राजनीतिमा देखिएको ईमान्दारीताको खडेरीलाई आफुले प्रधानमन्त्री पदबाट राजिनामा दिएर मेटाउने काम गरेको दाहालको भनाई छ । राजनीतिमा ईमान्दारीता देखाउने आफु मात्रै नेपालको पहिलो प्रधानमन्त्री बनेर ईतिहास कायम गरेको भन्दै दाहालले आफ्नो प्रशंसा गरे। ‘मान्छेहरु बोलेर इमान्दारिता देखाउन खोज्छन्, मैले ब्यबहारमा देखाएँ’, उनले भने, ‘इमान्दार प्रधानमन्त्रीको इतिहास बनाएको छु।’  

भर्खरै मात्रै काँग्रेस सभापतिलाई सत्ता हस्तान्तरण गरेका दाहालले सरकारले जनपक्षिय कामहरु धेरै गरेको भन्दै छोटो अवधिमा सम्पादन गरेको दीर्घकालिन प्रभाव पार्ने कामहरुको चर्चा गरे।

 

प्रकाशित: २६ जेष्ठ २०७४ १३:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App