८ वैशाख २०८१ शनिबार
राजनीति

तीन तहको निर्वाचन मेरो प्राथमिकता: प्रधानमन्त्री

तपाईंका प्राथमिकता के हुन् ?

प्राथमिकता तीन तहको निर्वाचन स्वच्छ  र स्वतन्त्रपूर्वक सम्पन्न गर्नु हो । दोस्रो चरणको स्थानीय निर्वाचन नजिकै आएकाले त्यसलाई सम्पन्न गराउने मेरो लक्ष्य हो ।

प्रधानमन्त्रीका रुपमा के, के गर्ने योजान बनाउनु भएको छ ?

योजना भनेकै देश र जनताका लागि काम गर्ने हो । सदनमा पनि मैले यस विषयमा आफ्नो धारणा राखिसकेको छु । त्यही नै मेरो आगामी कार्यक्रम हो ।

के, के हुन त कार्यक्रम ?

 सहमति, समझदारी र सहकार्यको नीतिलाई अधिकतम अवलम्बन गर्दै सरकार सञ्चालन गर्ने, आर्थिक विकासका लागि काम गर्ने, पूर्वाधार विकासमा ठोस काम गर्ने, माघ ७ गतेसम्म संघ र प्रदेशको निर्वाचन गर्ने मेरा कार्यक्रम हुन् ।  दुरगामी र रणनीतिक महत्वका योजनालाई निरन्तरता दिने , काठमाडौं–केरुङ मार्ग निर्माणमा तीव्रता दिने, वान वेल्ट वान रोडलाई अघि बढाउने छु ।

एमालेलगायत प्रतिपक्षलाई कसरी लैजानु हुन्छ ? 

प्रतिपक्षीको रचनात्मक आलोचना र सुझावको सदा स्वागत गर्नेछु  ।  शासन सञ्चालनको पद्धति र प्रक्रियामा कानुनको पूर्ण पालना, पारदर्शिता, इमानदारी र जवाफदेही स्थापित गर्ने प्रयास गर्नेछु ।

छिमेकी मुलुकप्रति कस्तो नीति लिनुहुन्छ ?

दुई छिमेकी मित्र राष्ट्र भारत र चीनसँग समनिकटता र पारस्परिक सम्बन्ध छ । त्यसै आधारमा सम्बन्ध अझै सुदृढ गर्दै लैजानेछु ।  भारत र चीनका विरुद्ध नेपालको भूमि प्रयोग हुन नदिने र दुवै छिमेकीसँग मिलेर काम गर्ने मेरो लक्ष्य हुनेछ ।

 नागरिक समाज तथा सञ्चार क्षेत्रको स्वस्थ, सटिक र सिर्जनात्मक आलोचनाको सदा सम्मान गर्दै अगाडि बढ्नेछु ।

(देउवाले संसद् भवनबाट बाहिरिँदा दिएको प्रतिक्रिया)

 

प्रकाशित: २४ जेष्ठ २०७४ ०१:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App