१६ चैत्र २०८० शुक्रबार
राजनीति

शेरबहादुर देउवा नेपालको ४० औं प्रधानमन्त्री

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका छन्।    व्यवस्थापिका–संसदको मंगलबारको बैठकले देउवालाई नेपालको ४० औं प्रधानमन्त्रीको रुपमा निर्वाचित गरेको हो। प्रधानमन्त्री बन्ने दौडमा देउवा एक्ला उम्मेदवार थिए। देउवाको पक्षमा ३ सय ८८ सांसदले मतदान गरेका थिए।

प्रधानमन्त्रीको लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देउवाको नाम प्रस्ताव गरेका थिए। देउवाको पक्षमा उनको आफ्नै पार्टी काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी नेपाल, फोरम लोकतान्त्रिकसहितका दलको समर्थन रहेको छ।  

कार्यकारी प्रमुखकारुपमा देउवाको सिंहदबार प्रवेस चौथो पटक हो । ०५२सालमा पहिलो पटक मुलुकको कार्यकारी प्रमुख बनेका देउवा यसअघि ०५८ र ०६१ मा पनि प्रधानमन्त्रीको जिम्मेवारी सम्हाली सकेका छन्।  

 

 

 

प्रकाशित: २३ जेष्ठ २०७४ १३:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App