१६ चैत्र २०८० शुक्रबार
राजनीति

ओलीले उठाएका ६ प्रश्नको जवाफ देउवाले यसरी दिए

संसदलाई सम्बोधन गर्दै देउवा र अाेली। तस्विरः दिपेश श्रेष्ठ

संसदमा प्रधानमन्त्रीको निर्वाचन हुनु अघि मुख्य दलका शीर्ष नेताहरुले मंगलबार संसदलाई सम्बोधन गरेका छन्। दिउँसो १ः१५ बजे सुरु भएको संसद बैठकलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिला सम्बोधन गरे। झन्डै पौने दुई घन्टा भाषण गरेका उनले आफ्नो सम्बोधनमा सरकारमाथि केही विषयमा प्रश्न उठाए। दोस्रो वक्ताको रुपमा संसदलाई सम्बोधन गर्न आएका काँग्रेस सभापति शेरबहादुर देउवाले ओलीले उठाएका सवालको जवाफ दिने प्रयास गरे। संसदमा ओली र देउवाबीचको सवाल जवाफ पढ्नुहोस्ः

भरतपुरमा मतपत्र च्यातिएको घटनाबारे काँग्रेसको धारणा के हो? काँग्रेस किन बोल्दैन?
हामीले निर्वाचन आयोग संविधानअनुरुप बनाएका हौं। निर्वाचन आयोगको निर्णय हामीले मान्ने गरेका छौं। उहाँहरु अदालतमा जानु भएको छ र अदालतले अन्तरकालीन आदेश पनि दिइसकेको छ। मतपत्र च्यातिको विषय नयाँ कुरा होइन। यसअघि पनि मतपत्र च्यातिएका छन्, रिपोलिङ पनि भएका छन्। अदालतको विषयमा म केही भन्न चाहन्न।

थानीय तह दोस्रो चरणको निर्वाचन असार १४ गते स्वच्छ, निष्पक्ष रुपमा गर्ने हाम्रो प्रतिबद्धता छ। प्रदेश सभा र संघको निर्वाचन गर्न स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन गर्ने हाम्रो प्रतिबद्धता छ।

मधेसलाई आधा जनसंख्या भएको मान्ने काँग्रेस–माओवादी सरकारले ५ सय १५ मान पदवी बााँड्दा किन ५४ मात्र ?
मान पदवी वितरणको कार्यमा मधेसका नेता विमलेन्द्र निधि र विजयकुमार गच्छदार संलग्नु हुनुहुन्थ्यो। उहाँहरुले नै मान पदवी बाँड्नु भएको हो।

स्थानीय तहको एक चरणको निर्वाचन सकिएर अर्को नहुँदै किन प्रधानमन्त्री फेर्नुपर्‍यो?
माओवादी र हामीबीच सहमतिका केही कुराहरु छन्। त्यही सहमतिअनुसार उहाँ (पुष्पकमल दाहाल) ले छोड्न लाग्नु भएको हो। बडा खुशी लागेको छ पछि पनि यस्तै गर्दै गर्नुहोला।

‘राष्ट्र’को उच्चारण गर्‍यो कि उहाँ (काँग्रेस) लाई खोक्रो लागिहाल्छ, खोक्रो राष्ट्रवाद भन्न थालिहाल्नुहुन्छ...
काँग्रेसका तीन महत्वपूर्ण सिद्धान्त छन्, राष्ट्रियता, प्रजातन्त्र र समाजवाद। राष्ट्रियता हाम्रो पार्टीको आदर्श हो। यी सिद्धान्तमा हामी कसैसँग सम्झौता गर्न सक्दैनौं। नेपाल सार्वभौम देश हो। नेपालको राष्ट्रियतालाई हामी कुनै पनि हालतमा कमजोर पार्न सक्दैनौं। राष्ट्रियता र प्रजातन्त्र हाम्रो आदर्श हो।

स्थानीय तहको दोस्रो चरणको निर्वाचन गराउन बाँकी छ, प्रदेश र संघको निर्वाचन हुनै बाँकी छ, सरकारले ती निर्वाचन गराउला?
स्थानीय तह दोस्रो चरणको निर्वाचन असार १४ गते स्वच्छ, निष्पक्ष रुपमा गर्ने हाम्रो प्रतिबद्धता छ। प्रदेश सभा र संघको निर्वाचन गर्न स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन गर्ने हाम्रो प्रतिबद्धता छ।

मधेसमा हामी आफ्ना धारण लिएर सप्तरी जाँदा कार्यक्रम सकेर ७ किलोमिटर उत्तर रुपनी पुगिसकेको अवस्थामा सरकारले किन गोली चलाएको ?
तपाइँहरु आमसभा सकिसकेपछि प्रहरीले गोली चलायो भन्नुहुन्छ। तपाइँहरुकै सुरक्षा गर्न खोज्दा प्रहरीले गोली चलाएको हो। आफ्नो सुरक्षामा खटिएका प्रहरीले गोली चलाउँदा किन चलायो भन्दा अन्याय भयो।

प्रकाशित: २३ जेष्ठ २०७४ ०९:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App