प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभाबाट प्राप्त विभिन्न तीन विधेयकका सन्देश प्रस्तुत गरिएको छ।
सभाका सचिव पद्यमप्रसाद पाण्डेयले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘विनियोजन विधेयक, २०८०’, ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश प्रस्तुत गरेका हुन।
राष्ट्रियसभाको आजको बैठकले ती विधेयक पारित गरेको थियो। प्रतिनिधिसभाको अर्को बैठक यही असार ३१ गते आइतबार दिनको १ बजे बस्नेछ।
प्रकाशित: २९ असार २०८० १०:५५ शुक्रबार