१६ चैत्र २०८० शुक्रबार
राजनीति

एनसेलले बुझायो १३ अर्ब ६० करोड पूँजिगत लाभकर

काठमाडौं—एनसेलले १३ अर्ब ६० करोड रुपैयाँ पूँजिगत लाभकर बुझाएको छ। पूँजीगत लाभकर बापत एनसेलले सो परिमाणको रकम बुझाएको आन्तरिक राजस्व विभागकी प्रवक्ता चन्द्रकला पौडेलले जानकारी दिइन्। यसअघि पूँजिगत लाभकर बापत एनसेलले १० अर्ब रुपैयाँ बुझाएको थियो।

यसअघि १० अर्ब रुपैयाँ बुझाइसकेको एनसेलले  अाफ्नो भागमा पर्ने १५ प्रतिशत पूँजीगत लाभकर चुक्ता गरेको हो। अफसोर कारोबार भएको कम्पनीको हकमा पूँजीगत लाभकर के हुने भन्ने स्पष्ट ब्यवस्था नहुँदा विवाद भइरहँदा  एनसेलले आफ्नो दायित्वको कर चुक्ता गरेको हो।

यसअघि १० अर्ब रुपैयाँ बुझाइसकेको एनसेलले अाफ्नो भागमा परेको १५ प्रतिशत पूँजिगत लाभकर चुक्ता गरेको हो। अफसोर कारोबार भएको कम्पनीको हकमा पूँजिगत लाभकर के हुने भन्ने स्पष्ट ब्यवस्था नहुँदा विवाद भइरहँदा  एनसेलले आफ्नो दायित्वको चुक्ता गरेको हो।

नेपालको कर व्यवस्थाअनुसार पूँजीगत लाभकर जम्मा २५ प्रतिशत लाग्छ। जसमध्ये बिक्रेताले १० प्रतिशत र बिक्री हुने कम्पनीले १५ प्रतिशत  तिर्नुपर्छ। गत वर्षको बुझाएको झण्डै १० अर्ब र आजको १३ अर्ब ६० करोड गरेर एनसेलले आफ्नो दायित्वको १५ प्रतिशत चुक्ता गरेको हो।

सरकारले अब एनसेलको विक्रेता कम्पनी टेलियासँग १० प्रतिशत पूँजिगत लाभकर असुल गर्नुपर्ने हुन्छ।

गत वर्ष पुस महिनामा टेलियाले एक्जियटालाई १ खर्ब ४३ अर्ब रुपैयाँमा एनसेलको ८० प्रतिशत सेयर बिक्री गरेको थियो। नेपालको इतिहासमा अहिलेसम्मकै ठूलो यो कारोबारमा सरकारले टेलियासँग कानुनअनुसार राजस्व असुल्न सकिरहेको छैन।

एनसेल कारोबारमा टेलियासोनेराले आफ्नो स्वामित्वमा रहेको ६०.४ प्रतिशत सेयर एक्जियटालाई र निरज श्रेष्ठका नाममा रहेको २० प्रतिशत सेयर भावना श्रेष्ठलाई बिक्री गरेको थियो। निरजका नाममा रहेको २० प्रतिशत सेयर ४ करोड ८० लाख डलर अर्थात् ४ अर्ब ८० करोड रुपैयाँमा बिक्री गरेको थियो। भाइजर समूहमा बाँकी रहेको १९.६ प्रतिशत सेयर पनि एक्जियटाले लिएको थियो।

अहिले एनसेलको सम्पूर्ण सेयर एक्सियटा (८० प्रतिशत) र भावना श्रेष्ठ (२० प्रतिशत) मा छ। कानुनअनुसार विदेशी लगानी भएको कुनै पनि कम्पनीमा नेपाली नागरिकको कम्तिमा २० प्रतिशत सेयर हुनुपर्ने नियम छ।

 

 

प्रकाशित: २१ जेष्ठ २०७४ १३:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App