१६ चैत्र २०८० शुक्रबार
राजनीति

एमालेले संसदमा गलत अभ्यास थाल्यो: मन्त्री के.सी

काठमाडौं- सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले प्रधानमन्त्री चयनमा एमालेले संसद बन्धक बनाएर गलत अभ्यासको थालनी गरेको बताएका छन्। प्रधानमन्त्री निर्वाचनको प्रक्रियालाई अबरुद्ध गरेर संसदीय व्यवस्थाको खिल्ली उडाएको टिप्पणी  गरे। ‘संवैधानिक निकायले गरेको निर्णयलाई लिएर संसद बन्धक बनाउनु बेठिक छ,’ नेपाली काँग्रेसका नेतासमेत रहेका के.सी.ले भने, ‘संवादबाट समस्या सुल्झाउनु पर्छ।’

आफ्नो ९ महिने कार्यकालको समिक्षा गर्न मन्त्रालयमा आयोजना गरिएको पत्रकार भेटघाटमा मन्त्री के.सी.ले व्यवस्थित सहरीकरणको थालनी गरेको बताए । ‘सहरी विकासको रणनीति–२०७३ बनाएका छौं,’ के.सी.ले भने, ‘मुलुकका विभिन्न ठाउँलाई व्यवस्थित सहर बनाउन पहल सुरु भएको छ ।’ उनले लामो समयदेखि अड्किरहेको काठमाडौंको बाहिरी चक्रपथ बनाउने कामलाई थालनी भएको बताए। ‘काठमाडौंमा चार वटा सेटेलाइट सहर बनाउने निर्णय भएको छ,’ के.सी.ले भने, ‘यसले काठमाडौंको चापलाई केही कम गर्नेछ।’

प्रकाशित: २१ जेष्ठ २०७४ १२:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App