१६ चैत्र २०८० शुक्रबार
राजनीति

ओली भेट्न बालकोट पुगे देउवा

काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न वालकोट पुगेका छन्। देउवासँगै गृहमन्त्री विमलेन्द्र निधि समेत बालकोट आएको र उनीहरुबीच भेट चलिरहेको ओलीका स्वकिय सचिव अनिष दाहालले जानकारी दिए।

देउवाले प्रधानमन्त्री निर्वाचनको लागि उम्मेदवारी दर्ता गरिसकेका छन्। तर यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गर्दै आएको छ।

भरतपुर महानगरपालिकाको मतगणनाको विषयले दलहरुबीच दुरी बढाइरहेको अवस्थामा दुई नेताहरुबीच भेट हुन लागेको हो।
आज नै निर्वाचन आयोगले भरतपुर  १९मा पुन मतदान गर्ने निर्णय गरेको थियो। यही विषयमा पुनःमतगणना हुनुपर्ने माग राखी एमालेले संसद् बैठक अवरोध गर्दै आएको छ। एमालेले पुन मतदान पार्टीलाई अमान्य भएको बताइसकेको छ।

भोली आइतबार संसदमा प्रधानमन्त्रीको निर्वाचन कार्यक्रम रहेको छ।

 

 

प्रकाशित: २० जेष्ठ २०७४ १२:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App