११ आश्विन २०७७ आइतबार
राजनीति

नयाँ मेडिकल कलेजलाई सम्वन्धन नदिने सरकारको निर्णय

काठमाडौं-  मेडिकल कलेजलाई सम्वन्धन खोल्ने बुधबारको मन्त्रिपरिषको निर्णयबाट सरकार पछि हटेको छ। शुक्रबारको मन्त्रिपरिषद बैठकले पुन मेडिकल कलेजलाई सम्वन्धन नदिने निर्णय गरेको हो।

शुक्रबारको मन्त्रिपरिषद बैठकमा स्वास्थ्यमन्त्री गगन थापाले डा. गोविन्द केसीसँग १० औं अनशनको क्रममा भएको सम्झौता पढेर सुनाउँदै सरकारले नयाँ सम्वन्धन दिने निर्णय गर्नै नहुने भन्दै आपत्ति जनाएका थिए।

सो लगत्तै कांग्रेसका तर्फबाट केही मन्त्रीहरुले समेत डा. केसीसँग सम्झौता गरि हालै निर्धारित अनशन समेत टरेको अवस्थामा सम्वन्धन खोल्न नहुने बिचार राखेपछि प्रधानमन्त्री पछाडि हटेका हुन्। मन्त्रिपरिषदले वुधबारको निर्णय तत्काल कार्यान्वयन नगर्ने भन्दै शुक्रबार नयाँ निर्णय गरेको हो।  

झापा स्थित वि एण्ड सी मेडिकल कलेजलाई सम्वन्धन दिन प्रधानमन्त्रीले गत वुधबार सम्वन्धन खोल्ने निर्णय गराएका थिए।

प्रकाशित: १९ जेष्ठ २०७४ २०:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App