१६ चैत्र २०८० शुक्रबार
राजनीति

अब कांग्रेस नेतृत्वमा सरकार : दाहाल

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले  कांग्रेस नेतृत्वमा नयाँ सरकार गठनका लागि सहयोग गर्ने बताएका छन्। मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न बुधबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्रीसमेत रहेका दाहालले कांग्रेससँगको पूर्वसहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका हुन्।

दुई दलबीच भएको सहमति कार्यान्वयन गरेर विश्वासको वातावरण बनाउँदै मुलुकलाई निकास दिन पार्टी अग्रसर भएको उनको भनाइ थियो। उनले सहमतीय सरकार गठनको सम्भावना कम रहेको धारणा राखेका थिए। भरतपुर घटना दुःखद भएको बताउँदै प्रधानमन्त्री दाहालले घटनामा संलग्नले उन्मुक्ति पाउन नहुने बताएका थिए।

निर्वाचन आयोगको अनुगमन टोलीले दिएको प्रतिवेदनअनुसार सरकार अघि बढ्ने उनको भनाइ थियो। पहिलो चरणको चुनावमा पार्टीका सबै तहका नेताकार्यकर्ताको उत्साहपूर्ण सहभागिता रहेको भन्दै दाहालले दोस्रो चरणको चुनावमा जुट्न सांसदहरूलाई निर्देशन दिएका छन्।

वर्तमान सरकारले गरेको कामको प्रचार गर्न नसकेको भन्दै दाहालले बैठकमा गुनासो गरेका थिए। लोडसेडिङबाट मुलुकलाई मुक्त गरेको र १५ वर्षसम्म नभएको निर्वाचन गराउँदा पनि पार्टीले जस लिन नसकेको गुनासो अध्यक्ष दाहालको थियो।  

प्रकाशित: १८ जेष्ठ २०७४ ०२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App