८ वैशाख २०८१ शनिबार
राजनीति

निर्वाचन कार्याक्रम बिथोल्ने गरी आन्दोलन घोषणा गर्ने राजपाको तयारी

लहान- सरकारले दोस्रो चरणको निर्वाचनको नयाँ मिति घोषणा गरेसँगै राष्ट्रिय जनता पार्टी नेपाल(राजपा) तथा संघीय गठबन्धनले पनि निर्वाचन बिथोल्ने गरि कार्यक्रम घोषणा गर्दै छ। 'राष्ट्रिय जनता पार्टी नेपालले तयार गरेको आमहडताल सम्मको आन्दोलनको कार्यक्रम तालिका गठबन्धनका नेताहरुबीच छलफल हुँदै छ', राजपा नेता मनिष सुमनले नागरिकन्यूजसँग भने,‘केही बेरमै चुनाव बिथोल्ने गरी नयाँ आन्दोलन कार्यक्रम घोषणा हुँदै छ।’

                सरकारको निर्णयसँगै आयोगले असार २ गतेदेखि असार १४ गतेसम्मका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । सार्वजनिक कार्यक्रम अनुसार असार २ गते उम्मेदवारको  मनोनयनपत्र दर्ता , सोही दिन मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, ३ गते उम्मेदवारको विरोधमा उजुरी दिने (दाबी बिरोध)कार्यक्रम छ ।

असार ३ गते नै मनोनयनपत्र जाँच गर्ने, ४ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, सोही दिन उम्मेदवारले नाम फिर्ता लिने, ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ । असार १४ गते मतदानको कार्यक्रम तय गरिएको छ।

                दोस्रो चरणको घोषित निर्वाचनको मिति पर धकेलिएपछि संघीय गठबन्घन तथा राष्ट्रिय जनता पार्टी नेपालले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको गरेको थियो।

 

प्रकाशित: १७ जेष्ठ २०७४ १२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App