६ वैशाख २०८१ बिहीबार
राजनीति

पद वहाली अगाडि कहाँ कहाँ पुगे काठमाडौंका मेयर?

शपथ ग्रहण कार्यक्रममा काठमाडौंका नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्य (दायाँ)। तस्विरः प्रबिन कोइराला

काठमाडौं— काठमाडौं महानगरपालिकामा निर्वाचित भएका मेयर र उपमेयरको पदबहाली आज अपरान्ह ३ बजे हुने भएको छ। मेयरमा विजयी भएका विद्या सुन्दर शाक्य र उपमेयरमा विजयी भएका हरिप्रभा खड्गीले आज ३ बजेबाट महानगरको बागडोर सम्हाल्न लागेका हुन्।

मेयर तथा उपमेयर सपथग्रहणपछि लैनचौरको सहित स्मारक, शान्तिवाटीकाको गणेशमानको शालिक, शोभा भगवतीको मंगलदेवीको स्मारक, चौभार चम्पादेबीको पुष्पालालको स्मारक र बल्खुको मदनभण्डारीको सालिक पुष्पगुच्छा चढाउन गएका छन्।

महानगरपालिकाका ३२ वडामा निर्वाचित वडाध्याक्ष तथा सदस्यले भने सपथ ग्रहण लिए लगातै सम्बन्धित वडा कार्यालयमा पदवहाली गर्दैछन् । सपथ ग्रहणको कार्यक्रम भने संयुक्त रुपमा राष्ट्रिय सभागृहमा सम्पन्न भएको छ।

काठमाडौं जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीबाट मेयर शाक्य, उपमेयर खड्गी र ३२ वटै वडाका वडाध्याक्षले संयुक्त रुपमा सपथ लिएका छन्। वडा सदस्यको सपथ भने मेयर शाक्यले गराएका थिए।

सपथतग्रहण वडाध्यक्ष तथा सदस्यहरु पदवहालीको लागि सम्बन्धित वडा गएका छन्। मेयर र उपमेयर माल्र्यापनको लागि विभिन्न ठाउँमा गएका छन् ।

मेयर तथा उपमेयर सपथग्रहणपछि लैनचौरको सहित स्मारक, शान्तिवाटीकाको गणेशमानको शालिक, शोभा भगवतीको मंगलदेवीको स्मारक, चौभार चम्पादेबीको पुष्पालालको स्मारक र बल्खुको मदनभण्डारीको सालिक पुष्पगुच्छा चढाउन गएका छन्।

बसन्तपुरको कुमारी घरको दर्शनपछि ३ बजे महानगरपालिकाको कार्यालय बागदरबारस्थित जेडीए कम्प्लेक्समा पदबहाली गर्ने कार्यक्रम महानगरपालिकाका कार्यकारी अधिकृत इश्वरराज पौडेलले जानकारी दिए।

अपरान्ह ४ बजे महानगर कार्यापालिकाको बैठाकमा सहभागी हुने र बैठाकपछि पत्रकार सम्मेलन हुने प्रवत्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । पत्रकार सम्मेलनमा पहिलो दिन भएका निर्णय र भावी योजना बारे जानकारी गराउने बताईएको छ ।
 

प्रकाशित: १७ जेष्ठ २०७४ ०८:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App