७ वैशाख २०८१ शुक्रबार
राजनीति

युवा संघले सुरु गर्‍यो ‘युवा परिचालन अभियान’

काठमाडौं- दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि युवा संघ नेपालले ‘युवा परिचालन अभियान’ सुरु गरेको छ। अभियानको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरे। अभियान उद्घाटन गर्दै ओलीले दोस्रो चरणको निर्वाचनमा सबै दल मिलेर आए पनि पहिलो हुने दावी गरे। 'पहिलो चरणमा पनि हामी नै अघि भयौं दोस्रो चरणमा पनि एमालेनै अघि हुन्छ', उनले भने।

कार्यक्रममा एमाले उपाध्यक्ष वामदेव गौतमले अबको जिम्मेवारी युवाहरुको काँधमा भएको बताए।

युवा संघका अध्यक्ष राजिव पहारीले युवाहरु संयमताका साथ अघि बढ्नु पर्ने बताए। पार्टीलाई मजवुद बनाउन चुनाव लक्ष्ति अभियान सुरु गरेको जनाए। युवा संघले प्रदेश स्तरीय संयोजकहरु समेत तोकेर चुनावको लागि कार्यविभाजन गरेको पहारीले जनाए।  

 

प्रकाशित: १५ जेष्ठ २०७४ १४:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App