७ वैशाख २०८१ शुक्रबार
राजनीति

जनताका काम छिटो छरितो बनाउँछु: प्रमुख रावल

जाजरकोट- त्रिवेणी नलगाड नगरपालिकाका नवनिर्वाचित प्रमुख टेकबहादुर रावलले जनताको काम छिटो, छरितो तरिकाले सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन्।

नेकपा (माओवादी केन्द्र)को तर्फबाट उम्मेदवार बनी विजयी भएका रावलले तत्काल सम्पन्न गर्नुपर्ने र केही समयपछि गर्नुपर्ने समस्या के के हुन् भनी सबै दलका प्रतिनिधिसँग सुझाव मागेका छन्।

यस क्षेत्रमा टेलिफोन टावर, अवरुद्ध भएका विद्युत्को सञ्चालन, खानेपानी, सिँचाइमा कामको पहिलो प्राथमिकता रहेको उनले बताए। नलसिंङ गाड जलविद्युत् आयोजना निर्माणका लागि यहाँका नागरिकले गर्नुपर्ने काम र केन्द्रीय राज्यसत्तालाई गर्नुपर्ने खबरदारीका विषयमा समेत छलफल गरिएको थियो ।

नगरपालिकामा सडक निर्माण कार्य तीव्र पारिनेसमेत बताए। जनताको काम हिजो जनयुद्धका बेला जसरी गरिएको थियो अब त्यही गतिमा हुने रावलले बताए। जनयद्धका बेला २०५८ देखि २०६१ सम्म रावल जनसरकार प्रमुख थिए। रासस

 

प्रकाशित: १५ जेष्ठ २०७४ ०८:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App