१५ चैत्र २०८० बिहीबार
राजनीति

प्रधानमन्त्री पुत्र प्रकाशलाई 'समाजसेवी'को रुपमा सुप्रवल जनसेवाश्री पदक

प्रकाश दाहाल

काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहाल पुत्र प्रकाशलाई सरकारले गणतन्त्र दिवस अवसरमा सुप्रवल जनसेवाश्री प्रदान गर्ने घोषणा गरेको छ। दशौं गणतन्त्र दिवस अवसरमा राष्ट्रलाई विभिन्न कोणबाट सेवा पुर्‍याएर मान पदवी पाउनेको सूचिमा प्रकाशको नाम सुप्रवल जनसेवाश्री पदक पाउनेको सूचिमा १०९ औं स्थानमा छ।

सरकारले उनलाई 'समाजसेवी'को रुपमा परिभाषित गर्दै सो पदक दिने घोषणा गरेको हो। सो शीर्षकमा पदक पाउने अधिकांश सरकारी कर्मचारी छन्। अहिले पदक घोषणा मात्र गरिएको हो। उनीहरुले आगामी फागुनतिर राष्ट्रपतिका हातबाट पदक प्राप्त गर्छन्।

'समतामूलक समाजको निर्माण, जनताको मुक्ति, आर्थिक–सामाजिक रुपान्तरण र राष्ट्रको समृद्धिका लागि जनयुद्ध, जनआन्दोलन लगायतका राजनीतिक संघर्ष र परिवर्तनमा मेरो प्रत्यक्ष भूमिका छ'

राष्ट्रका लागि मेरो योगदान छः दाहाल
विवादस्पद छविका प्रधानमन्त्री पुत्र प्रकाशलाई समाजसेवीको रुपमा राष्ट्रले पदक दिएको विषय सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ। सर्वत्र आलोचना भएपछि प्रकाशले फेसबुक स्ट्याटस लेख्दै राष्ट्रका लागि आफ्नो योगदान रहेको दाबी गरेका छन्। उनले पदक पनि नलिने उल्लेख गरेका छन्।

'समतामूलक समाजको निर्माण, जनताको मुक्ति, आर्थिक–सामाजिक रुपान्तरण र राष्ट्रको समृद्धिका लागि जनयुद्ध, जनआन्दोलन लगायतका राजनीतिक संघर्ष र परिवर्तनमा मेरो प्रत्यक्ष भूमिका छ', प्रकाशले भनेका छन्, 'म आज पनि देशको परिवर्तन र समृद्धिकै आकांक्षासहित राजनीति र राष्ट्रिय अभियानमा समर्पित छु र भोलि पनि हुनेछु।'

उनले पदकका लागि आफू आकांक्षी नभएको उल्लेख गरेका छन्। 'पदकका लागि मेरो कुनै आकांक्षा थिएन र छैन। गणतन्त्रका निम्ति त्याग, बलिदान र जीवन समर्पण गर्ने योद्धाहरुको भूमिका र योगदानको सम्मान गर्नु मेरो कर्तव्य हो। त्यही कर्तव्यलाई बोध गर्दै मलाई प्रदान गरिएको पदक नलिने घोषणा गर्दछु। यो देशका लागि मैले अझै धेरै काम गर्न जरुरी छ', उनले भनेका छन्।

प्रकाशित: १५ जेष्ठ २०७४ ०६:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App