८ वैशाख २०८१ शनिबार
राजनीति

दसौं गणतन्त्र दिवस : समृद्ध राष्ट्र निर्माणमा जुट्न राष्ट्रपतिको आह्वान

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुन सबैलाई आह्वान गरेकी छन्। दसौं गणतन्त्र दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले सार्वभौम प्रतिनिधिबाट शासन र सरकार सञ्चालन हुने संसारकै लोकप्रिय तथा सुन्दर पद्धतिका रूपमा रहेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था शासन प्रणालीका रूपमा मात्र नभई जीवनपद्धतिका रूपमा स्थापित र संस्थागत हुन जरुरी रहेको औंल्याएकी छिन्।

 'नयाँ संविधानमार्फत लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासनप्रणाली स्थापित तथा संस्थागत गरिसकेपछि अब लोकतान्त्रिक सोच, संस्कार, व्यवहार र कार्यशैलीमार्फत मुलुकको आर्थिक सामाजिक समृद्धिको यात्रा प्रारम्भ गरी आमजनतालाई राजनीतिक स्वतन्त्रता र अधिकारसँगै आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसमेत प्रत्याभूत गर्नुपर्ने बेला भएको छ,' सन्देशमा भनिएको छ।

स्थानीय तहको पहिलो चरणको निर्वाचन जनताको उत्साहपूर्ण सहभागितामा सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै सन्देशमा भनिएको छ, 'सम्पन्न स्थानीय तह निर्वाचनले लोकतन्त्रको जगलाई मजबुत र संस्थागत गर्न मद्दत पुर्‍याएको छ। अब हुन गइरहेको निर्वाचनले लोकतन्त्र थप सुदृढ गर्न महŒवपूर्ण भूमिका निर्वाह गर्नेछ।'

यसैबीच राष्ट्रपति भण्डारीले आइतबार गणतन्त्र दिवसका अवसरमा शीतल निवासमा चियापान कार्यक्रम आयोजना गरेकी छन्। कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्रीसहित विभिन्न राजनीतिक दलका नेता, सवबैधानिक अंगका प्रमुखहरू, सुरक्षानिकायका प्रमुखहरू कूटनीतिक नियोगका अधिकारीहरू सहभागी थिए।

प्रकाशित: १५ जेष्ठ २०७४ ०२:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App