coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

राष्ट्रपति विद्यादेवी भण्डारी संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै। तस्विरः दिपेश श्रेष्ठ

काठमाडौं—राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको अार्थक वर्ष २०७४/०७४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन्। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले सरकारी कर्मचारीलाई संक्रमणकालीन व्यवस्थाअनुसार स्थानीय तहमा परिचालन गर्ने उल्लेख गरिन्।

संवैधानिक व्यवस्थामा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम संसद्मा पेस गर्ने व्यवस्थाअनुसार उनले व्यवस्थापिका संसदबाट नीति तथा कार्यक्रम पेश गरेकी हुन्। निर्वाचनको मुखमा ल्याइएकाे नीति तथा कार्यक्रममा नयाँ कार्यक्रम समावेश छैनन्।

सरकारले सार्वजनिक, निजी र सहकारी सहभागितामार्फत समृद्ध राष्ट्र निर्माणलाई विशेष प्राथमिकता दिएर अगाडि बढ्ने नीति लिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज व्यवस्थापिका–संसद्मा आगामी आव २०७४÷०७५ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले अर्थतन्त्रको सुधारमा विशेष प्राथमिकता दिएको बताइन्। चालु आवको कार्यक्रमानुसार नै बजेट ल्याइने उल्लेख गर्दै उनले चालु आवमा बजेटको अपेक्षाभन्दा बढी आर्थिक वृद्धि सात प्रतिशतभन्दा बढी हुने बताइन्।

उनले राष्ट्रिय गौरवका आयोजनालाई निरन्तर अनुगमन गरेर अगाडि बढ्ने र भूकम्पपछिको पुनःनिर्माणलाई अगाडि बढाउन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको क्षमता अभिवृद्धि गरिने उल्लेख गरिन्। राष्ट्रपति भण्डारीले बैंकिङ तथा गैरबैंकिङ क्षेत्रको पुँजी परिचालन गर्दै वित्तीय स्थायित्व दिने र मूल्यवृद्धिलाई निश्चित सीमाभित्र राखिने तथा सार्वजनिक खरिद प्रणालीलाई थप पारदर्शी बनाइने जनाइन्।

संविधानानुसार स्थानीय तहमा वित्तीय हस्तान्तरण गर्दै उनले स्थानीय तहको क्षमता अभिवृद्धि गरिने र औद्योगिक क्षेत्रमा बाह्य लगानी अभिवृद्धि गरी आर्थिक सुधार गरिने उल्लेख गरिन्। आन्तरिक तथा बाह्य लगानीलाई प्रतिफलमुखी बनाइने नीति सरकारको रहेको छ।

‘सार्वजनिक, निजी र सहकारीमार्फत समृद्धि’

सरकारले सार्वजनिक, निजी र सहकारी सहभागितामार्फत समृद्ध राष्ट्र निर्माणलाई विशेष प्राथमिकता दिएर अगाडि बढ्ने नीति लिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज व्यवस्थापिका–संसद्मा आगामी आव २०७४/०७५ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले अर्थतन्त्रको सुधारमा विशेष प्राथमिकता दिएको बताइन्। चालु आवको कार्यक्रमानुसार नै बजेट ल्याइने उल्लेख गर्दै उहाँले चालु आवमा बजेटको अपेक्षाभन्दा बढी आर्थिक वृद्धि सात प्रतिशतभन्दा बढी हुने उल्लेख गरिन्

राष्ट्रिय गौरवका आयोजनालाई निरन्तर अनुगमन गरेर अगाडि बढ्ने र भूकम्पपछिको पुनःनिर्माणलाई अगाडि बढाउन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको क्षमता अभिवृद्धि गरिने उनले जनाइन्। राष्ट्रपति भण्डारीले बैंकिङ तथा गैरबैंकिङ क्षेत्रको पुँजी परिचालन गर्दै वित्तीय स्थायित्व दिने र मूल्यवृद्धिलाई निश्चित सीमाभित्र राखिने तथा सार्वजनिक खरिद प्रणालीलाई थप पारदर्शी बनाइने उल्लेख गरिन्

संविधानानुसार स्थानीय तहमा वित्तीय हस्तान्तरण गर्दै उनले स्थानीय तहको क्षमता अभिवृद्धि गरिने र औद्योगिक क्षेत्रमा बाह्य लगानी अभिवृद्धि गरी आर्थिक सुधार गरिने बताइन्। आन्तरिक तथा बाह्य लगानीलाई प्रतिफलमुखी बनाइने नीति सरकारको रहेको छ।

नीति तथा कार्यक्रमको पूर्णपाठ

प्रकाशित: ११ जेष्ठ २०७४ १०:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App