१५ चैत्र २०८० बिहीबार
राजनीति

युवा संघका दर्जनौं नेतालाई वडाको टिकट

वडाको उम्मेद्वारी पाएका युवा संघका नेता दिलचक्र राई र दिनेश राई । तस्बिर : दमन राई

खोटाङ – स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले खोटाङले युवा संघका १५ बढी युवालाई वडाअध्यक्ष र वडा सदस्यको टिकट दिएको छ । 

जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले युवा संघका केन्द्रीय सचिवालय सदस्य दिलचक्र राई, जिल्ला अध्यक्ष दिनेश राई लगायतलाई वडाअध्यक्ष तथा वडा सदस्यको टिकट दिएको हो । नेतृत्वमा युवा शक्तिलाई स्थापित गर्ने लक्ष्यका साथ एमालेले युवालाई प्राथमिकता दिएर टिकट वितरण गरेको जनाएको छ । वडाको टिकट पाएपछि युवा पंक्ती उत्साहित छन् । टिकट पाएका उनीहरु अहिले जितका लागि चुनावी दौडधुपमा व्यस्त छन् । 

एमालेले युवा संघका केन्द्रीय सचिवालय सदस्य दिलचक्र राईलाई रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाको वडाध्यक्ष, युवा संघका जिल्ला अध्यक्ष दिनेश राईलाई रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाको वडाध्यक्ष, युवा संघ खोटाङका सचिवालय सदस्य दिपक ठटाललाई लामीडाँडा गाउँपालिका–१ कुभिन्डेको वडाध्यक्ष, युवा संघ खोटाङका सचिवालय सदस्य देबेन्द्र राईलाई खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीको वडाध्यक्ष, सचिवालय सदस्य राजु श्रेष्ठलाई लामीडाँडा गाउँपालिका–६ हौंचुरको वडाध्यक्ष, दिनेश सामपाङलाई रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको वडाध्यक्ष, लोकेन्द्र राईलाई रुपाकोट मझुवागढी नगरपालिका–६ को वडाध्यक्ष, धनपाल राईलाई साकेला गाउँपालिका–५ मात्तिमको वडाध्यक्षको टिकट दिएको छ । 

यस्तै, युवा संघमा आवद्ध लिला चौहानले रुपाकोट मझुवागढी नगरपालिका–८ को वडा सदस्य, गोबिन्द मगरले हलेसी तुवाचुङ नगरपालिका–११ को वडा सदस्य, बलीरत्न राईले रुपाकोट मझुवागढी नगरपालिका–८ को वडा सदस्य, सुमन राईले रुपाकोट मझुवागढी नगरपालिका–२ र धौल राईले रुपाकोट मझुवागढी नगरपालिका–२ को वडा सदस्यको टिकट पाएका छन् । हलेसी तुवाचुङ नगर कमिटिका सदस्य घनश्याम राईले हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा तथा निरोजजङ बस्नेतले हलेसी तुवाचुङ नगरपालिका–७ हलेसीको वडा सदस्यको टिकट पाएको छ । अन्य वडामा समेत युवा संघमा आवद्ध युवाले टिकट पाएको एमालेले जनाएको छ । 

 

प्रकाशित: ११ जेष्ठ २०७४ ०८:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App