१६ चैत्र २०८० शुक्रबार
राजनीति

दुई पत्रकार बने वडा सदस्य उम्मेदवार

गुलरिया (बर्दिया)—यही जेठ ३१ हुने स्थानीय तहको निर्वाचनअन्तर्गत गुलरिया नगरपालिकाको वडा सदस्यमा नेपाली काँग्रेस बर्दियाले दुईजना पत्रकारलाई उम्मेदवारमा छनौट गरेको छ ।

वडा तथा नगर कार्यसमितिबाट वडा सदस्यमा सिफारिस भइआएका नेपाल प्रेस युनियन बर्दियाका अध्यक्ष विनयराज भण्डारी र नेपाल प्रेस युनियनका पूर्वकेन्द्रीय उपाध्यक्ष युवराज श्रेष्ठलाई क्षेत्रीय कार्यसमितिले पनि अनुमोदन गरी उम्मेदवार बनाउने निर्णय गरेको हो।

नेपाली काँग्रेसले भण्डारीलाई गुलरिया नगरपालिका–७ को वडा सदस्यमा र श्रेष्ठलाई वडा नं ५ को वडा सदस्यमा उम्मेदवार बनाउने निर्णय गरेकोमा बर्दियाका सम्पूर्ण पत्रकारले खुसी व्यक्त गरेका छन् ।

बर्दियाको पत्रकारिता, समाजसेवा र राजनीतिमा विशेष योगदान पु¥याउँदै आइरहेका पत्रकार राजभण्डारी र श्रेष्ठलाई अत्यधिक मतका साथ वडा सदस्यमा बिजयी बनाउन चुनाव प्रचारप्रसार समितिले सबैमा आग्रह गरेको छ । रासस

 

 

 

 

प्रकाशित: १० जेष्ठ २०७४ ०५:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App