१६ चैत्र २०८० शुक्रबार
राजनीति

पत्रकार बराल बने नगर प्रमुख

कालिकोट- रास्कोट नगरपालिकाबाट मेयरमा विजयी भएका काशीचन्द्र बराल कुनै बेला पत्रकार थिए। २०४८ देखि २०५८ सम्म उनले स्थानीय कदम साप्ताहिक र कान्तिपुर राष्ट्रिय दैनिकमा काम गरे। पत्रकारितामा झन्डै १० बर्ष काम गरेका बराललाई हातमा कलम र क्यामरा समातेर हिडेका देख्ने धेरै छन्। पत्रकार महासंघ कालिकोटका अध्यक्ष भन्छन् ‘काशीचन्द्र बरालले ससस्त्र द्धन्द्धकालमा पत्रकारीतामा संलग्न हुनुहुथ्यो ।’ तत्कालिन माओबादीको प्रभावले उनि २ बर्ष भुमिगत भए । बराल क्रान्तिकारी पत्रकार संघका संस्थापक केन्द्रिय सदस्य पनि हुन् ।

शान्तिकालपछि उनि पत्रकारिताबाट बाहिरिएर सहकारी आन्दोलनमा सक्रिय भए । कालिकोटमा पहिलो हिमचुली सहकारी संस्था स्थापना गरी अध्यक्ष भएर काम गरे । ‘मैले पार्टीलाई अगाडी बढाउन सामाजिक संस्थामा भए पनि आन्तरिक सहयोग धेरै गरेको थिए । पार्टीमा गरेको बलिदानलाई मध्यनजर गर्दै मलाई टिकट दिएर आज मेयर जित्न सफल भए ।’ विजयीको श्रीमाला पहिरिएका बरालले भने । ४६ बर्षिय बराल रास्कोट नगरपालिका — ८ को बागरकोटमा जन्मिएका हुन् । बराल २०५४ सालमा २६ बर्षको उमेरमा साविकको फुकोट गाविस अध्यक्षमा निर्वाचित भएका हुन् । २० वर्ष अघिको स्थानीय निर्वाचनमा १५०० मत ल्याएर भारी मतले विजयी बनेका थिए । यति बेलाको निर्वाचनमा उनले एमालेका मनिराज बराललाई २८५ मतले पछिपार्दै २११५ मत प्राप्त गरी विजयी भएका थिए । उनका प्रतिद्वन्दी मनिराज बरालले १८३० मत पाएका थिए।   

बरालले भने, ‘मैले २० वर्षसम्म सक्रिय राजनीति गरे । २०४६ सालमा नेपाल कम्युनिष्ट पार्टी मसालको सदस्यता लिए । २०४६ को जन आन्दोलनमा सहभागीता जनाए ।’ उनले भने, ‘२०५४ को स्थानीय निर्वाचनमा साविकको फुकोट गाविसमा जनतानको माग अनुसार नै अध्यक्ष जिते । आफु जन प्रतिनिधी भए पनि तत्कालीन द्धन्द्धले गर्दा गाउँमा वसेर जनताको काम गर्न सकिएन ।’ बरालले भने, ‘गाउँमा वस्ने बातावरण नभएपछि पत्रकारितालाई पनि समाली राखेको थिए।’

उनि २०६७ देखि २०७० सम्म राष्ट्रिय सहकारी संघको संचालक भए । उनि जिल्ला सहकारी संघको पूर्व अध्यक्ष  पनि हुन् । हाल हिमचुली कृषि सहकारी संस्था लिमिटेड कालिकोटका अध्यक्ष छन् । कृषि क्षेत्रको बजारीकरणका लागि बरालले अध्ययन अनुसन्धान गर्न भारत, जापान र चीनमा भ्रमण समेत गरेका छन्।

मेयरमा विजयी बराल भन्छन् ‘मलाई मन परायर मतदाताले विजयी गराएकाले जन भावना अनुसार काम गर्छु । रास्कोट नगरपालिकालाई समृद्ध नगर बनाउँछु । गाउँगाउँमा सडक, खानेपानी र विद्युतलाई प्राथामिकतामा राख्ने प्रतिबद्धता गर्दछु ।’ रास्कोट नगरपालिकामा विकास गर्न अव भोक, रोग, गरिवी र अशिक्षाको सन्देश नदिएर विकास र समृद्धिको सम्भावनालाई जोड दिने बरालले बताए । विकासका पुर्वाधार मध्य रास्कोटमा जल, जंगल, जडिवुटी र जमिनको सदुपयोग गर्ने उनले बताए । उनले रास्कोटको खेतियोग्य जमिनलाई सदुययोग गर्ने हो भने बाहिरबाट खाद्यन्न आयत गर्न नपर्ने सुनाए।

 

 

प्रकाशित: ८ जेष्ठ २०७४ ०८:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App