प्रतिनिधिसभाको बैठक हुक्रबार सम्मका लागि स्थगित भएको छ।
प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधपछि शुक्रबार ३ बजे बस्ने गरी बैठक स्थगित भएको हो।
आजको बैठकमा एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद्मा विरोध गरेपछि बैठक बस्न सकेन।
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रीतम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटकपटक भारत गएको भन्ने अभिव्यक्तिप्रति एमालले आपत्ति जनाइरहेको छ।
प्रकाशित: २० असार २०८० १३:२४ बुधबार