१६ चैत्र २०८० शुक्रबार
राजनीति

चितवनका ५ मध्ये ४ नगरपालिकामा एमाले, १ मा माओवादी

चितवन— चितवनका पाँच नगरपालिकामध्ये चार वटामा एमाले विजयी भएको छ। पूर्वी चितवनका चारवटै नगरपालिकामा एमालेले जित हात पारेको छ। खैरहनी, कालिका, राप्ती तथा रत्ननगर नगरपालिकामा एमालेले सफलता पाएको हो। माडी नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ।

पछिल्लो पटक मतपरिणाम सार्वजनिक भएको खैरहनीमा एमालेका मेयर प्रत्यासी लालमणि चौधरी १० हजार ५०९ मत ल्याएर विजयी भएका हुन्। काँग्रेसका राजेन्द्र चौधरीले ९ हजार ४५३ मत पाए।

उपमेयरमा एमालेकै सुनिता थपलिया १० हजार २५० मतका साथ विजयी भइन्।  काँग्रेसकी सुशीला उप्रेती ९ हजार ६०८ मत पाएर दोस्रो स्थानमा रहिन्।

प्रकाशित: ८ जेष्ठ २०७४ ०७:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App