७ वैशाख २०८१ शुक्रबार
राजनीति

काठमाडौं महानगरमा एमालेको अग्रता कायमै

काठमाडौं- काठमाडौँ महानगरपालिकाको जारी मतगणनामा प्रमुखमा नेकपा (एमाले)का विद्यासुन्दर शाक्यले २९ हजार १२९ मत ल्याई अग्रता कायम राखेका छन्। नेपाली कांग्रेसका राजुराज जोशीले २० हजार ३६८, विवेकशील नेपाली दलकी रन्जु न्यौपानेले ११ हजार २५६, साझा पार्टीका किशोर थापाले आठ हजार ५२३ तथा नेकपा (माओवादी केन्द्र)का सर्वोत्तम डङ्गोलले तीन हजार १६० मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत प्रेम पौडेलले जानकारी गराए।

यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका हरिप्रभा खड्गीले २६ हजार ४१७, राप्रपाका राजाराम श्रेष्ठले १६ हजार ८२३ र साझा पार्टीकी निरूपमा यादवले पाँच हजार ४५० र माओवादी केन्द्रकी सुशीला पौडेलले चार हजार २१९ मत प्राप्त गरेकी छन्।

निर्वाचन अधिकृतको कार्यालयको अनुसार अहिलेसम्म ८८ हजार २९१ मतगणना भइसकेको छ। रासस

प्रकाशित: ८ जेष्ठ २०७४ ०३:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App