१५ चैत्र २०८० बिहीबार
राजनीति

सुर्खेतका ६ तहमा कांग्रेस, तीनमा एमाले विजयी

सुर्खेत- सुर्खेतका ९ वटै स्थानीय तहको मत गणना सकिएको छ। पाँच नगरपालिका र चार गाउँपालिका रहेको सुर्खेतमा चार नगरपालिकासहित ६ स्थानीय तह नेपाली कांग्रेस विजयी भएको छ भने एक नगरपालिकासहित तीन स्थानीय तहमा नेकपा एमाले विजयी भएको छ । वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा सुवेदीले १४ हजार ४०५ मत ल्याएर भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका बालाराम शर्माले १३ हजार ८९९ र माओवादी केन्द्रका रत्नबहादुर गाहाले ५ हजार २३७ मत ल्याए ।

१६ वडा रहेको सुर्खेतमा बहुमत वडाध्यक्ष ल्याएको एमालेले उपप्रमुखमा एमालेकै मोहनमाया ढकालले १६ हजार ६८ मत ल्याएर विजयी भएकी छन् । नगर प्रमुखभन्दा उनको १६ सय ६३ र उपमेयरभन्दा २ हजार ४२ बढी मत हो । ढकालका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जानकी सिंहले १४ हजार २६ र नेकपा माओवादी केन्द्रका हरिमाया शर्माले ४ हजार ६८९ मत प्राप्त गरिन् ।

नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका गेहेन्द्रप्रसाद दाहालले एक हजार ८९४ मत प्राप्त गरे। वीरेन्दद्रनगरका ९ वडामा एमाले, ६ वडामा कांग्रेस र १ वडामा नेकपा माओवादीका उम्मेदवार विजयी भएका छन् । नगरप्रमुखमा विजय भएपछि पत्रकारहरुसँग कुरा गर्दै सुवेदीले वीरेन्द्रनगरका तत्कालका समस्या पहिचान गरेर समाधानका लागि अघि बढ्ने बताए ।

यस्तै भेरीगंगामा कांगे्रसका नगरप्रमुखका उम्मेदवार भुपेन्द्रबहादुर चन्द तथा उपप्रमुखमा रेणु आचार्य विजयी भए । प्रमुखमा विजयी चन्दले ७ हजार ५ सय ४३ तथा उनका प्रतिद्धन्द्धी एमालेका यज्ञप्रसाद ढकालले ७ हजार ३ सय ४८ मत प्राप्त गरे । उपप्रमुखमा रेणुले ७ हजार ५ सय ७५ तथा उनका प्रतिद्धन्द्धी एमालेकी चन्द्रा आचार्यले ७ हजार २ सय ९७ मत प्राप्त गरिन् । १३ वडा रहेको भेरीगंगामा कांगे्रसले ८, एमालेले ४ र माओवादी केन्द्रले एक वडा जितेका छन् । त्यस्तै, पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा कांगे्रसकै उम्मेदवार विजयी भएका छन् । प्रमुखमा विजयी उपेन्द्र थापाले ५ हजार १ सय ३४ मत प्राप्त गरे । उनका प्रतिद्धन्द्धी एमालेका मनबहादुर विकले ४ हजार ७ सय ३२ मत प्राप्त गरे । उपप्रमुखमा विजयी कांगे्रसकै मुक्ति पुरीले ५ हजार २ सय ४ मत प्राप्त गरिन् । उनकी प्रतिद्धन्द्धी एमालेकी राजकुमारी तिवारीले ४ हजार ८ २४ मत प्राप्त गरिन् । ११ वडा रहेको पञ्चपुरीमा ६ वडामा कांगे्रस र ५ वडामा एमालेले जितेको छ ।

त्यस्तै शुक्रबार सम्पन्न मत गणनामा पश्चिम सुर्खेतको चौकुने गाउ“पालिकामा एमाले उम्मेदवार विजयी भए । अध्यक्षमा एमालेका धीरबहादुर शाहीले ३ हजार २ सय ४२ मत प्राप्त गरे । उनका प्रतिद्धन्द्धी माओवादी केन्द्रका खड्कबहादुर विकले २ हजार ७ सय ४५ मत प्रँप्त गरे । उपाध्यक्षमा एमालेकै निर्मला राना विजयी भइन् । उनले ३ हजार ३ सय ५६ मत प्राप्त गरिन् । उनकी प्रतिद्धन्द्धी माओवादी केन्द्रकी बिमला जीसीले २ हजार ३ सय १५ मत प्राप्त गरिन् । यसअघि पूर्वी सुर्खेतमा रहेको सिम्ता गाउपालिकाको अध्यक्षमा एमालेका कविन्द्र केसी र उपाध्यक्ष चन्द्राकला शाही, लेकवेशी नगर प्रमुखमा एमालेकै गगनसिं सुनार, उपप्रमुख शान्ति छन्तेल, चिंगाडमा कांगे्रसका देवबहादुर चन्द र मनमाया आचार्य, बराहतालको अध्यक्षमा कांगे्रसकै तेजबबहादुर बस्नेत र, उपाध्यक्ष शोभा शर्मा, गुर्भाकोट नगर प्रमुखमा कांगे्रसकै हस्त पुन र उपप्रमुखमा मैना विक विजयी घोषणा भैसकेका छन् । गुर्भाकोट सुर्खेतको दोस्रो ठूलो नगरपालिका हो ।

 

प्रकाशित: ६ जेष्ठ २०७४ १५:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App