७ वैशाख २०८१ शुक्रबार
राजनीति

चाँगुनारायणमा विवाद चर्किएपछि नतिजा सार्वजनिक हुन सकेन

भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिका–४ को मत परिणामलाई लिएर विवाद चर्किएको छ । 

नेकपा एमालेको मत बढी आएको भन्दै नेपाली काँग्रेस, राप्रपा र नेमकिपाले विवाद निकालेपछि अन्तिम चरणमा यस वडाको आधिकारिक मत परिणाम समेत सार्वजनिक गरिएको छैन । 

बिहान ७ बजे मत परिणाम सार्वजनिक गर्ने तयारी गर्दा एमालेको मत बढी देखियो भन्दै विवाद भएपछि मत परिणाम सार्वजनिक नगरिएको प्रहरीले जानकारी दिएको छ । 

वडा नं– ४ को मत गणना पुनः गर्नुपर्ने नेपाली काँग्रेसले माग गरेको छ । मध्यान्हसम्म पटक÷पटकको छलफलमा पनि सहमति हुन नसकेको प्रहरीले जानकारी दिएको छ । रासस 

प्रकाशित: ६ जेष्ठ २०७४ ०७:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App