७ वैशाख २०८१ शुक्रबार
राजनीति

भक्तपुर नगरपालिकाका ५२ पदमा पुरै नेमकिपा, मेयर बने सुनिल प्रजापती

भक्तपुर- निकटम प्रतिद्धन्दीलाई चार गुणा भन्दा वढी फराकिलो मत अन्तरका साथ भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति विजयी भएका छन्। राति सवा नौ बजे सार्वजनिक नतिजा अनुसार निकटत प्रतिद्धन्दी नेपाली कांग्रेसका रामप्रसाद कासुललाई चौव्वर भन्दा वढी फराकिलो मतका साथ नेमकिपाका मेयर प्रजापति विजयी भएका हुन् । प्रजापतिले २५ हजार पाँच सय ६८ मत पाएका छन्। उनका निकटम प्रतिद्धन्दी रामप्रसाद कासुला ६ हजार पाँच सय ३४ मतमा सिमित भएका छन्।

उपमेयरमा पनि नेमकिपाकै रजनी जोशी भारी मतका साथ विजयी भएका छन् । जोशीले २५ हजार ६ सय ६० मत पाएका छन् । उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेसकी गंगालक्ष्मी अवाल ६ हजार पाँच सय ५० मतमा खुम्चिन बाध्य भएका छन्।

नगरपालिकामा १० वटा वडाहरु छन् । सवै वडामा नेमकिपाले पूरै प्यानलसहित जित हासिल गरेको हो। मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरु सवै नेमकिपाले नै जितेको हो । मेयर एक जना, उपमेयर १ जना र १० वटा वडामा १० जना वडा अध्यक्ष, प्रत्येक वडामा चारचारजना वडा सदस्यसहित ५० जना गरेर कुल ५२ जना सवै नै नेमकिपाले नै जितेको हो । प्रत्येक वडामा दुई दुई जना वडा सदस्य, एकजना महिला सदस्य र एकजना दलित महिला सदस्यसहित सवै नेमकिपाले नै जितेको हो । नगरपालिकाको कुनै पनि वडामा एक जना पनि सदस्यसम्म अन्य कुनै पार्टीबाट विजयी भई प्रवेश पाउन सकेनन् । 

नेमकिपाकातर्फबाट वडा नं १ मा श्यामकृष्ण खत्री, २ मा हरिप्रसाद बासुकला, ३ मा राजकृष्ण गोरा, ४ मा कुमार चवाल, ५ मा प्रेमगोपाल कर्माचार्य, ६ मा हरिराम सुवाल, ७ मा उकेश कवां, ८ मा महेन्द्र खायमली, ९ रविन्द्र ज्याख्व र १० मा लक्ष्मीप्रसाद ह्यौमिखा वडा अध्यक्षमा विजयी भएका हुन् ।

देशैभरि कांग्रेस, एमाले र माओवादी एकता केन्द्रले विजयको झण्डा फहराइरहेका बेला भक्तपुरमा नेमकिपाले कुल मतको आधा भन्दा वढी मतका साथ विजयी भएका हुन । यसहिसावले भक्तपुरमा नेमकिपाले एकलौटी विजयी हासिल गरेको हो । भक्तपुरमा ५२ हजार नौ सय ३० मतदाता छन् । त्यसमध्ये ४४ हजार एक सय ८६ (८३ दशमलब ४८) प्रतिशत मत खसेको थियो । खसेको ४४ हजार एक सय ८६ मतमध्ये मेयर प्रजापतिले २५ हजार पाँच सय ६८ र उपमेयर जोशीले २५ हजार ६ सय ६० मत पाएका थिए । जुन आधा भन्दा वढी प्रतिशत हुन आउँंछ । यसमा वदर मत हिसाव गर्ने हो भने यो प्रतिशत अझ वढ्छ ।

प्रकाशित: ५ जेष्ठ २०७४ १५:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App