७ वैशाख २०८१ शुक्रबार
राजनीति

भरतपुरमा दाहालको अग्रता धेरैबेर टिकेन, ९ नं. वडामा विजयी हुँदै फेरि एमाले अगाडि

काठमाडौं— भरतपुर महानगरपालिका वडा नं. ९ को मतपरिणाम सार्वजिनक हुँदा फेरि एमालेका देवी ज्ञवालीले माओवादी उम्मेदवार रेणु दाहाललाई पछि पारेका छन्। वडा नं. ९ मा पनि एमाले उम्मदेवार विजयी भएका छन्।

भरतपुरमा अहिलेसम्म एमालेले वडा नं. २, ४, ५, ७ र ९ जितेको छ। काँग्रेसले १, ३,६ र ८ मा विजयी हात पारेको छ। शुक्रबार दिउँसो काँग्रेस माओवादी गठबन्त्रनबाट मेयर उम्मेद्वार रेणु दाहालको अग्रता देखिएको थियो। साँझमा ९ नं. वडाको मतपरिणाम सार्वजनिक हुँदा अग्रता लिन एमाले सफल भएको हो।

वडा नम्बर नौसम्मको मत गणना सकिदा एमालेका मेयर पदका उम्मेद्वार देवि ज्ञवालीले कुल १५ हजार १५५ मत ल्याएका छन्। गठबन्धनबाट माओवादी उम्मेद्वार रेणु दाहालले १४ हजार ८०९ मतसहित उनलाई पछ्याइ रहेकी छन्।

उपमेयरमा काँग्रेसकी पार्वती शाह १६ हजार ८४९ मत सहित अगाडि छिन्। दिब्या आचार्य १२ हजार ४६३  मत पाएकी छिन्।

भरतपुर महानगरपालिकामा सत्तारुढ काँग्रेस र माओवादीको तालमेल छ।

तालमेलपछि चितवन काँग्रेसमा देखिएको सुरुवाती असन्तोषले मत परिणाममा असर पार्छ कि पार्दैन भनेर भरतपुरको मत परिणाम प्रति धेरैको चासो छ।

भरतपुर महानगरपालिकामा २९ वटा वडाहरु रहेका छन्। कुल एक लाख १२ हजार मत खसेको छ। काँग्रेस माओवादी गठबन्धनबाट भरतपुरमा मेयर पदमा उठेकी माओवादी उम्मेद्वार रेणु दाहाल प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालकी छोरी हुन्। काँग्रेस र माओवादीबीच केन्द्रीय तहमा तालमेल भएर मेयर पदका काँग्रेस उम्मेद्वारको उम्मेद्वारी पनि केन्द्रबाट आएकै पत्रका आधारमा फिर्ता भएको थियो।

भरतपुरमा तुलनात्मक रुपमा बलियो मानिएको काँग्रेसले मेयर पद नै फिर्ता गर्नु परेपछि जिल्लामा कार्यकर्ताहरु निकै आक्रोशितसमेत भएका थिए। पछि जिल्ला तहका नेताहरुले संयुक्त कार्यक्रम गरेर मतदाताको मन जित्ने प्रयास गरेका थिए। माओवादी अध्यक्ष दाहाल र काँग्रेस सभापछि शेरबहादुर देउवाले भरतपुरमा संयुक्त रुपमा अन्तिम चुनावी सभालाई सम्बोधन गरेका थिए।

प्रकाशित: ५ जेष्ठ २०७४ १३:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App