१५ चैत्र २०८० बिहीबार
राजनीति

प्रमुख उपप्रमुखको कार्यकक्ष भाडाको घरमा

जाजरकोट- गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनवाट जिल्लामा  निर्वाचित नगरपालिका र  गाउँपालिकाका प्रमुख उपप्रमुख र वडाध्यक्षहरुको कार्यकक्ष बनाउन भवन अभाव भएपछि कार्यालय व्यवस्थापनमा  उनीहरुलाइ समस्या परेको छ। शुक्रवार  पद तथा गोपनीयताको सपथ लिएका  जनप्रतिनिधिहरु आफनो कार्यभार समाल्न नगर तथा गाउँपालिकाले भाडामा लिएका घरमा व्यवस्था गरिएको कार्यालयमा  गए।

  जिल्लाको सवैभन्दा ठूलो  र आफनै भवन भएको भेरी नगरपालिकाका मेयर उपमेयर र  वडाध्यक्षहरुकै लागि पनि कार्यकक्ष वनाउने भवन नपुगेपछि  भेरी ज्ञानोदय क्याम्पसको भवन भाडामा लिइएको  छ।  मेयर उपमेयर र वडाध्यक्षहरुको लागि  भेरी ज्ञानोदय क्याम्पसको भवन भाडामा लिएर कार्यकक्ष व्यवस्थापन गरिएको  नगरपालिकाका कार्यकारी अधिकृत  रामप्रसाद शर्माले बताए।

 उनले  कार्यालय व्यवस्थापनका  लागि ५२ लाख प्राप्त भएको र  सो रकमले  कार्यालयका सामाग्री  र  कर्मचारी व्यवस्थापनमा  खर्च गर्न लागिएको  वताए ।अवको केहि समय भित्र नगरपालिका ३ थाप्लेचौरमा  ३ करोड लागतमा   भवन बन्न लागेकोले  एक वर्ष सम्मका लागि भाडामा कार्यालय चलाउनु परेको  उनले बताए ।

    त्यस्तै त्रिवेणी नलगाड नगरपालिकाको कार्यालय पनि व्यक्तिको  घर भाडामा लिएर चलाउनु परेको  कार्यकारी अधिकृत  सुरेन्द्रवहादुर सिंहले वताए । उनले   कार्यालय व्यवस्थापनका लागि आएको रकमलाइ  भाडाकै घरमा मेयर उपमेयरको  कार्यकक्ष र वडाध्यक्षहरुको कार्यकक्ष निर्माण गरिने  बताए ।

 त्यस्तै  छेडागाड नगरपालिकाका  कार्यकारी अधिकृत सर्वदल शाहीले पनि   नगरपालिकाको केन्द्र कार्कीगाँउको मनघाटमा  भाडाको घरमा  कार्यालय व्यवस्थापन  गरिएको  वताए ।  नयाँ संरचना अनुसार निर्वाचित जनप्रतिनिधिहरुको कार्यकक्ष र कार्यालय व्यवस्थापनका लागि  भवनको निकै समस्या परेको उनले वताए । वजेट भएपनि सन्चार र विजुलीको असुविधाका कारण  कार्यालय व्यवस्थापनमा निकै समस्या रहेको   कार्याकारी प्रमुख शाहीले वताए ।

  विकट गाउँका गाउँपालिकाका कार्यालयहरुको व्यवस्थापनमा  झन   समस्या परेको   सरोकारवालाहरुको भनाइ छ ।  केहि तत्कालीन गाविसका भवनहरु पनि नभएको स्थानमा  झन  समस्या परेको   स्थानीय तहका कर्मचारीहरु बताउछन् । गाउँपालिका र नगरपालिकाका केन्द्रहरु   तोकिएको स्थानमा  गतिला भवनहरु नहुदा  समस्या परेको उनीहरुको भनाइ छ।

 जिल्लामा  अहिले   तीन नगरपालिका र चार गाउँपालिकाका लागि   १४ प्रमुख उपप्रमुख र ७७ वडाध्यक्षको कार्यकक्ष तथा  कार्यालय  व्यवस्थापनमा  तिव्रता  देखिएपनि   ९० प्रतिसत वढी कार्यालयहरु  व्यक्ति र संस्थाको  भवनमा भाडाको घरमा  राख्नै पर्ने नगरपालिका र गाउँपालिकाका  कार्यकारी प्रमुखहरुको  भनाइ  छ।

प्रकाशित: ५ जेष्ठ २०७४ ११:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App