७ वैशाख २०८१ शुक्रबार
राजनीति

बेसीसहरको मेयरमा एमालेका अर्याल उपमेयरमा अधिकारी विजयी

लमजुङ- स्थानीयतह निर्वाचनबाट बेसीशहर नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार गुमानसीं अर्याल र उपमेयरमा एमालेकै लक्ष्मी अधिकारी विजयी भएका छन्।

                नगरपालिका भित्रका ११ वटै वडाको आज भएको अन्तिम मतगणनाको नतिजा अनुसार उनका प्रत्यासी नेपाली काँग्रेसका उम्मेदवार भेषबहादुर पौडेल लाई २ सय ९७ मतको अन्तरले पराजित गर्दै अर्याल विजयी भएका हुन् । उनले ७ हजार ६ सय २४ मत प्राप्त गरेका छन् भने पौडेलले ७ हजार ३ सय २७ मत प्राप्त गरेका छन् । उपमेयरमा एमालेकै उम्मेदवार लक्ष्मी अधिकारीले ६ सय २ मतको अन्तरले प्रत्यासी नेपाली काँग्रेसकी उम्मेदवार ईन्दिरा तिवारीलाई ६ सय २ मतको अन्तरले पराजित गरेको जिल्ला निर्वाचन अधिकारी तुलसीप्रसाद तिमिल्सिनाले बताए ।

यस्तै, मध्यनेपाल नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार रमेश पाण्डे विजयी भएका छन् भने उपमेयरमा एमालेका उम्मेदवार राजकुमार श्रेष्ठ विजयी भएका छन्।

                पाण्डेले प्रत्यासी माओवादी केन्द्रका उम्मेदवार मोहनहरी पौडेललाई १ हजार २ सय २१ मतको अन्तरले पराजित गरेका छन् । उनले ५ हजार ९ सय ६८ मत प्राप्त गरे भने पौडेलले ४ हजार ५ सय ४७ मत प्राप्त गरेका छन् । उपमेयरमा श्रेष्ठले २ सय ३४ मत अन्तरले विजय हासिल गरेका छन् । उनले ५ हजार ५ सय ६६ र प्रत्यासी सीता शाहीले ५ हजार ३ सय ३२ मत प्राप्त गरेकी छन् ।

 

प्रकाशित: ४ जेष्ठ २०७४ १६:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App