२९ असार २०७७ सोमबार
राजनीति

सिन्धुपाल्चोकको सुनकोशीमा कांग्रेसका जिसी विजयी

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका अध्यक्षमा कांग्रेस उम्मेदवार श्रवण कुमार जिसी विजयी भएका छन्।

४३६० मत ल्याएका उनले निकटतम प्रतिद्वन्दी एमालेका शिव न्यौपानेलाई हराए। न्यौपानेले ३३४४ मत प्राप्त गरे।

उपाध्यक्षमा कांग्रेसकै लक्ष्मी पौडेल निर्वाचित भइन्। सिन्धुपाल्चोकबाट प्रकाशित हुने सिन्धु समाचार साप्ताहिककी सम्पादक प्रकाशक रहेकी उनले ४२०६ मत पाइन्। उनले एमालेकै प्रतिद्वन्दी देवी अधिकारीलाई हराइन्। अधिकारीले ३७८६ मत प्राप्त गरेकी छन्।

७ वटा वडा रहेको यो गाउँपालिकामा ४ कांग्रेस र ३ वडाअध्यक्ष एमालेले जितेका छन्।

प्रकाशित: ४ जेष्ठ २०७४ २२:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App