coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गोरखाको आरुघाटमा कांग्रेस, सुलिकोटमा माओवादी बिजयी

गोरखा- गोरखाको आरुघाट गाउँपालिकामा नेपाली कांग्रेसका पूर्ण दाहाल ३४७६ मतका साथ बिजयी भएका छन् । प्रतिद्धन्द्धी नेकपा एमालेका बकबहादुर लामाले ३०६४ मत प्राप्त गरे । यस्तै उप्रप्रमुखमा नेपाली कांग्रेसकी कल्पना नेपाली ३६०९ मत ल्याएर बिजयी भईन । प्रतिद्धन्द्धी एमालेकी मिना बरामले ३०३४ मत ल्याईन ।

यस्तै गोरखाको सुलिकोट गाउँपालिकामा माओवादी केन्द्रका विष्णु भट्ट ४६५९ मतका साथ बिजयी बने। प्रतिद्धन्द्धी नेपाली कांग्रेसका इन्द्र गुरुङले ३०२२ मत ल्याएका थिए । यस्तै उप प्रमुखमा पनि माओवादी केन्द्रकी सनमाया गुरुङ ४५०१ मतले बिजयी भईन भने प्रतिद्धन्द्धी कांग्रेसकी जनककुमारी कोईरालाले ३०४२ मतले पाईन । ९ गाउँपालिका मध्ये गोरखामा दुई माओवादी र ७ कांग्रेस बिजयी बनेको छ।

प्रकाशित: ४ जेष्ठ २०७४ १४:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App