८ वैशाख २०८१ शनिबार
राजनीति

नुवाकोटमा ५ स्थानीय तहको नतिजा सार्वजनिक, काँग्रेस अग्रता

नुवाकोट – १२ वटा स्थानीय तह रहेको नुवाकोटमा ५ वटा को अन्तिम नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म किस्पाङ, गाउँपालिका, तादी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, लिखु र तार्केश्वर गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ । 

दुप्चेश्वर गाँउपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नै नेपाली काँग्रेसका उम्मेदार विजयी भएका छन् । ७ वटा वडा रहेको दुप्चेश्वरमा नेपाली काँग्रेसका उम्मेदवार योबिन्द्रसिंह लामाले ३ हजार ७ सय १४ मत ल्याएर अध्यक्षमा विजयी भए उनको प्रतिष्पर्धी माओवादी केन्द्रका लालबहादुर तामाङले ३ हजार ३ सय ३ मत प्राप्त गरेका छन् ।  उपाध्यक्षमा अञ्जु आचार्यले ३ हजार ९ सय ४३ मत ल्याएर विजयी भएकी छिन् भने उनको प्रतिष्पर्धी चोबकुमारी खड्काले ३ हजार १ सय ७७ मत प्राप्त गरेकी छिन् । 
 
६ वटा वडा रहेको तार्केश्वर गाँउपालिकाको अध्यध्क्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमालेको विजयी भएको छ । मतपरिणाम अनुसार एमालेका रमेश वस्तीले ३ हजार ६ सय १६ मत ल्याएर अध्यक्षमा विजयी भए भने उनको प्रतिष्पर्धी नेपाली काँग्रेसका उम्मेदवार चोकराज शाक्यले २ हजार ६ सय ८८ मत ल्याएका छन् । गाउँपालिका उपाध्यक्षमा एमालेका उम्मेदवार तारा रिमालले ३ हजार ५ सय ३५ मत ल्याएर निर्वाचित भइन् भने उनको प्रतिष्पर्धी नेपाली काँग्रेसकी उम्मेदवार सुनमायाँ तामाङले २ हजार ८ सय १५ मत ल्याएकी थिइन् ।
 
लिखु गाँउपालिकामा नेपाली काँग्रेसका धुव्र श्रेष्ठ विजयी भएका छन् । अन्तिम नतिजा अनुसार  २ हजार ४ सय २५ मत ल्याएर अध्यक्षमा श्रेष्ठ विजयी भएका हुन् । उनको  प्रतिस्पर्धी नेकपा एमालेका प्रदिपप्रसाद पाठक सुमनले १ हजार ८ सय ६२ मत प्राप्त गरेका छन् । यस्तै, उपाध्यक्षमा नेकपा एमालेकी रोजिना राई विजयी भएकी छिन् । उनले २ हजार मत ल्याएकी हुन् भने प्रतिष्पर्धी उनको निकटमत प्रतिस्पर्धी काँग्रेसकी शुभद्रा अधिकारीले १ हजार ८ सय ६९ मत प्राप्त गरेकी छिन् । 

तादी गाउँपालिकामा नेपाली काँग्रेस प्यानल नै विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा नारायणप्रसाद पाण्डेले ३ हजार ९० मत ल्याएर विजयी भएका हुन । उनको प्रतिष्पर्धी नेकपा एमालेका कृष्णप्रसाद लामिछाने २ हजार ७ सय २७ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा नेपाली काङ्ग्रेसका इश्वरी उप्रेतीले ३ हजार १ सय ५६ मत ल्याइन् भने उनको प्रतिष्पर्धी इश्वरी तामाङले २ हजार ३ सय ८४ मत ल्याएकी छिन् । 

यस्तै ५ वटा वडा रहेको किस्पाङ गाउँपालिकामा २ हजार ५ सय ६८ मत ल्याएर काँग्रेसका छत्रबहादुर लामाले जितेका छन् । उनमा प्रतिष्पर्धी नेकपा एमालेका वीरबल तामाङले १ हजार ६ सय ६५ मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा काङ्ग्रेसकै मायाँदेवी न्यौपानेले २ हजार ३ सय ९४ मत ल्याइन् भने उनको प्रतिष्पर्धी नेकपा एमालेकी मेन्चुङ लामा (तामाङ)ले १ हजार ८ सय ३४ मत प्राप्त गरेकी छिन् । 

 

प्रकाशित: ४ जेष्ठ २०७४ ०८:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App