coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

स्याङजाको चापाकोट नगरपालिका मेयरमा कांग्रेसका गिरी विजयी

स्याङजा- स्याङजाको चापाकोट नगरपालिकाको मेयरमा शिवकुमार गिरी विजयी भएका छन्। उनले ५ हजार ९ सय ८९ मत ल्याएर नगरपालीकाको प्रमुखमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बुद्धिमान श्रेष्ठले ५ हजार ८ मत प्राप्त गरेका छन्। 

चापाकोटको उपमेयरमा कांग्रेसकै बिमला श्रेष्ठ विजयी भएकी छिन् । उनले ६ हजार ३ सय ५८ मत ल्याएर विजयी भएकी हुन् । १० वडा रहेको नगरका वडा नं. १, २, ३, ४, ५, ६ र ८ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । यस्तै वडा नं. ७, ९ र १० मा एमालेको प्यानल विजयी भएको छ । वडा नं.१ टिकाराम तिवारी, २ मा सुर्य बहादुर सेन, ३ मा सुन्दर विक्रम खाँण, ४ मा विक्रम सारु, ५ मा इन्द्र बहादुर शाही, ६ मा एकदेव भट्टराई, ७ मा रविचन्द्र बस्ताकोटी, ८ मा नवराज श्रेष्ठ, ९ मा शंकरभक्त भण्डारी र १०मा रामुकोइराला वार्ड अध्यक्षको रुपमा विजयी भएका हुन् । उनीहरुको औपचारिक घोषणा हुन भने बाँकी रहेको छ ।

 

प्रकाशित: ३ जेष्ठ २०७४ १४:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App